अझै आशु रोकिएनन(राम्री दुर्घटनाको ४५ दिन)

सरीता सुवेदी


बल्ल तल्ल आइपुगे हेर.

Advertise with us
कालले घेरा हालेको उम्केर
गुडिजाने बस
नमरी बाचे त
कालैले साचेत त
हुदोरहेछ भेट

Buddha International Hospital

वाग्चौर ७ कोटवारा सल्यानका १८ वर्षका विजय बाबु डाँगीले यो कविता फेसबुकमा पोस्ट गर्दा उनी ठुलो दुर्घटनाबाट बचेर आएका थिए । शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा यसैवर्ष फरेष्टी अध्यन गर्न भर्ना भएका उनी ।
मुलपानी वनस्पति उद्यानमा अवलोकन अध्यन गरी सकेर कलेज फर्किने समयमा उनले सरसंग सोधे ‘भोली शनिवार छ, आज हामी घर जान्छौ ।’ एउटै गांउको साथी चुडामणि वलिले पनि शिक्षक प्रदिप घिमिरेसँग विदा मागे । शिक्षक घिमिरेले संयोजक केशरमान विसीलाई सोधेर घर जाने अनुमति दिए ।
‘हामीलाई पठाउन बाटोसम्म प्रदिप सर, संजित रत्गौया, मेनुका रिजाल, कविता उपाध्यायहरु आए ।’ चुडामणी भन्छन ‘प्रदिप सरले मेरो कार भएको भए तिमीहरुलाई घरसम्मै छोडिदिन्थे, भन्नुभयो’ कुरा गर्दे जादा बीचमा गला अवरुद्ध पार्दैे उनी अगाडी भन्छन,ं ‘सरले सुन्तला ल्याउनु भन्नुभएको थियो तर हामी घर नपुग्दै दुर्घटना भयो ।’
सल्यान आएको त भनेको थिए घरमा । तर, घर आउने कुरा भनेको थिएनन उनले । विजय अगाडी भन्छन ‘मसंग नाम मिल्ने साथी परेछ, मेरो फोन नलाग्दा घरमा आफन्तहरु जम्मा हुन थालेछन ।’

दंगिशरण गाउपालीका १ रामपुरका रविना रत्गैयाको आँखा अहिलेसम्म ओभाएका छैनन । २० वर्षको उमेरमा सरकारी जागिरे छोरो गुमाउँदा कस्को पो आँखा रसाउँदैन र ? तीन सन्तानकी आमा रविनाको सञ्जीत पहिलो सन्तान हुन् । दुःख जिलो गरेर भए पनि राम्रै स्कुलमा पढाएका थिए उनीहरुले । प्लस टु उत्तीर्ण गरेर वन रक्षकको जागिर खाएका सञ्जित यसै वर्ष शहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयमा फरेस्ट्री अध्ययन गर्न भर्ना भएका थिए । वन रक्षकको जागिर खाएको १० महिना मात्र भएको थियो ।
बुबा टेकबहादुर चौधरी रत्गैया भन्छन् ‘बुढेसकालमा तिमीहरुको सेवा गर्न म सक्दैन होला । आउदो शनिबार बेल्ट ल्याइदिन्छु भनेको थियो छोराले । तर त्यो शनिवार उ कहिल्यै नर्फकने गरी लागीसकेको थियो । सल्यान जान्छु पनि भनेको थिएन् । एकै चोटी मृत्युको खबर आयो ।’ भक्कानिदै उनी अगाडी भन्छन् ‘उसको आत्माले त भनिसकेको रैछ हामीले कुरा बुझेका रहेनछौ ।’
सल्यान घर भएका साथी चुडामणी वलीले भने ‘सबै एउटै उमेरका भएपनि संजित अलि ठुलो भएको हुनाले हामी दाई भन्थ्यौ । हामीले मन सम्हाल्नै सकेका छैनौ । बड्डा हो टन्न सुन्तला लिएर आउँनु अनि चउरमा बसेर खाउँला । भनेको थियो । तर हामी घर नपुग्दै दुर्घटनाको खबर सुुन्नु प¥यो । कलेज जान पनि मन लाग्दैन् । त्यही भएर कलेज सार्न हामीले अनुरोध ग¥यो । अहिले यो घरमा सर्दा अल्ली पढ्न मन लाग्छ । त्यती साथीहरुलाई सम्झीदा मन भारी भएर आउँछ । के गर्नु हामीलाई कालले डोराएको रहेनछ ।’
तातोपानी गाउँपालिका ४ हाकु जुम्लाकी हिमाली हमाल र कुसेन्द्र खत्रि यास्ता पात्र हुन् । त्यत्रो दुर्घटनाबाट समान्य उपचार पछि घर फर्केका हुन् उनी । उनीहरुले माथि सडकमा पुगेर गाडी रोकेर दुर्घटना खबर गरे । तब मात्र उद्धार टोली दुर्घटना स्थल राम्रीमा पुगेको थियो । हिमाली भन्छिन – ‘रमेश र म अन्ताक्षयरी खेलीरहेका थियौ । रमाईलो भैरहेको थियो । अरुले चर्चा गरेको जस्तो कोही पनि गाडी चढेकी थिएनन् । म अगाडिको सिटमा र रमेश बोनटमा बसेको थियो । सरहरु ड्रइभर पछाडिको उल्टो सिटमा बस्नुभएको थियो ।’ उनी अगाडि भन्छिन् ‘दुर्घटना हुँदा अगाडिको सिसा फुट्यो र म र कुसेन्द्र पहिले नै बाहिर निस्के । हामी सडकमा आउँदा गाडी पल्टिदै थियो । एउटा बाइक आयो । र , रोक्यौ । अनि गाडि दुर्घंटना भएको खबर गरे । उसैले हामीलाई अर्काे गाडी रोकेर अस्पतालसम्म पु¥याएको थियो ।

तर मलाई अचम्म लाग्छ हामी त कालको मुखवाट जोगीएर आयौ । अन्तक्षरी खेलेको रमेश महायात्रामा लागेछ । साहै अफ्ठेरो स्थितीमा थियो ।’
जुम्ला तिला गाउँपालीका घर भएको रमेश उपाध्यायको घरको अवस्था जटिल छ । हामी एउटै किचनमा खाना खाने साथी घरमा बुवा आमाको वोली नै आउदैन, एक मात्र छोरा हो रमेश । दिदी बहिनीहरु त छन तर के गर्ने आशा र भरोसाको केन्द्र थियो रमेश ।
घोराही १७ पनौराका प्रदिप घिमीरे की आमा कमला घिमिरेको आखा ओभाएको छैन । विर्सनै नसक्ने घाउ मनमा लागे पछि कसरी नै आँखा शान्त हुन्छन र ? उनी भन्छिन ‘उसलाई कहिल्यै रुन परेन आज हामीलाई जिन्दगी भरी रोएर बस्नुपर्ने बनायो । हामीलाई त ३० वर्ष सानै लाग्छ तर उसले आफ्नो कर्तव्य पुरा गरेर महायात्रामा लाग्यो होला ।’
मन सम्झाउन खोजेपनि आशु रोकिनन उनका । भक्कानिदै भन्छिन ‘सपनीमा त आईज प्रदिप तसंग मन खोलेर रुन मन छ । बुवा त क्याम्पस जानुहुन्छ र विर्सेजस्तो गर्न सक्नुहुन्छ तर म विर्सेजस्तो पनि गर्न सक्दैन । हाम्रो मात्र प्यारो भएको भए त हामीसंगै बस्थ्यो होला प्रदिप त भगवानको पनि प्यारो रहेछ ।’
आज राम्री दुर्घटना भएको ४५ दिन भएको छ ।