ग्रामिण उत्थनको अध्यक्षमा पुनः विश्वकर्मा

Advertise with us

घोराही, १८ माघ । घोराही क्षेत्रमा संचालित ग्रामिण उत्थान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो सातौ औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । संस्थाले शनिबार घोराहीमा एक औपचारीक कार्यक्रम गरि आफ्नो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

Buddha International Hospital


Advertise with us
ग्रामिण उत्थान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मानबहादुर विश्वकर्माको अध्यक्षता तथा घोराही उपमहानरपालिकाका अर्थविद्ध प्रमुख राममणी पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले सहकारी भनेको नै सहकार्य भएको र सहकार्य कै बल प्रयोग गरेर समाजको रुपान्तरणमा अगाडि बढ्नु पर्ने बताए । समाजमा कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने मुख्य भूमिका नै सहकारी भएको बताए । उनले सहकारी मार्फत नै समाजालाई उत्पादनशिल क्षेत्रमा लगाउन सकिने बताए ।

संस्थाले जहिले पनि शुद्ध उत्पादन र बजारीकरण ध्यानमा राखेर अगाडि बढेमा संस्था आर्थिक विकाससंगै समृद्धिमा पुग्ने उनको भनाई थियो । जनता धनी भएमात्र राज्य धनी हुने भएकाले सामूहिक बल प्रयोग गरेर उत्पादन कार्यक्षेत्रमा लगशिन हुन आग्रह समेत गरे । साथै संस्थाले निति र विधि अनुरुप राम्रा–राम्रा कार्यक्रमहरु लिएर आएमा बजेटको व्यवस्था घोराही उपमहानरपालिकाले नै मिलाइदिने प्रतिबद्धता समेत जनाएका थिए ।

त्यस्तै कार्यक्रमा बोल्दै विशिष्ट अथिति जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष अञ्जन कुमार पौडेलले संस्था संचाल गर्नको लागि नीति र विधिमा अगाडी बढ्नुपर्ने बताए । दाङमा अहिले ३५० भन्दा बढी कृषि सहकारी संस्थाहरु रहेको उनले जानकारी दिए । तर, कुनै पनि कृषि संस्थाहरुले अहिलेसम्म राम्रो कार्य गर्न नसकेको उनको आरोप थियो ।

विभिन्न व्यक्तिलाई पुरस्कार तथा सम्मान
सहकारी संस्थाले कार्यक्रममा असल बचत कर्ता, असल ऋणी र असल कर्मचारी अन्तर्गत तीन–तीन जनालाई पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेको थियो । जसमा असल वचतकर्ताको रुपमा पुष्पराज आचार्य, नविन भुषाल, एञ्जिला बुढा, असल ऋणी तथा व्यवसायीमा रामप्रसाद भट्टराई, अम्मरराज भण्डारी, देली पुन र असल कर्मचारीमा गोमा अधिकारी, मिना खनाल र सीता केसीलाई पुरस्कार तथा प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

कार्यक्रममा वार्षिक आयव्यय प्रतिवेदन संस्थाका कोषाध्यक्ष लक्ष्मण पाण्डेयले गरेका थिए भने वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव ऋषिराज पाण्डेले गरेका थिए । त्यसैगरी राष्ट्रिय सहकारी वैंक दाङ शाखाका प्रमुख नारायणप्रसाद वेल्वासे, संस्थाका लेखा संयोजक नारायणप्रसाद पुरी, संस्थाका शेयर सदस्य तथा ऋण उपसमितिका संयोजक विष्णुप्रसाद गौतम, राप्ती पोष्टका प्रकाशक शरद अधिकारी लगायतले सहकारीको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका व्यवस्थापक शान्ता भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव ऋषिराज पाण्डेले गरेका थिए ।

अध्यक्षमा पुन विश्वकर्मा चयन
ग्रामिण उत्थान कृषि सहकारी संस्था लिमिटेडले वर्तमान अध्यक्ष मानवहादुर विश्वकर्मालाई पुनः अध्यक्षमा चयन गरेको छ । विश्वकर्माको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा शर्मिला बस्नेत, सचिवमा ऋषिराज पाण्डेय, कोषाध्यक्षमा लक्ष्मण पाण्डेय, सदस्यहरुमा गिरीप्रसाद भट्टराई, विष्णुप्रसाद गौतम, बसन्त भण्डारी पदमप्रसाद घिमिरे र हरिप्रसाद पाण्डेय सर्वसम्मत चयन भएका छन । त्यसैगरी संस्थाले लेखा समितिमा नारायण पुरी, सन्तोष कालाथोकी र दामोदर बस्नेतलाई निर्वाचित गरेको छ ।