आफ्नै माटोलाई माया गर्ने शिक्षा दिउँ ः नगरप्रमुख पाण्डे

Advertise with us

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणात्मक विकासका लागि शिक्षक अभिभावक र विद्यार्थीहरुको विचमा सम्वन्ध स्थापित हुनुपर्ने कुरा वताएका छन् ।

Buddha International Hospital

विकासको पहिलो आधार शिक्षा भएको भन्दै नगरप्रमुख पाण्डेले शिक्षाको विकास विना समाज समृद्ध नहुने वताएका थिए । तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले आयोजना गरेको स्वागत, विदाइ तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पाण्डेले तुलसीपुरलाई शिक्षाको हव वनाउनका लागि उपमहानगरपालिकाले विशेष ध्यान दिएको वताउँदै विकासको आधार शिक्षा भएको वताएका थिए ।

Advertise with us

नेपालका अधिकांश विद्यार्थी विदेश पलाएन भएको वताउँदै पाण्डेले आफ्नै माटोमा काम गर्न प्रेरित दिने शिक्षाको आवश्यकता रहेको वताए । ‘काम लाग्ने जनशक्ति नै पलाएन भएपछि कसरी देश वन्छ ?’ उनले प्रश्न गरेका थिए । सबैले आफ्नो ठाउँबाट भुमिका खेल्ने हो भने विदेशका विद्यार्थी नेपाललाई शैक्षिक गन्तव्य वनाएर आउने सम्भावना रहेको उनको कथन थियो ।


कार्यक्रममा वोल्दै विशिष्ट अतिथि तुलसीपुर उपमहानगर शिक्षा समितिका संयोजक देवराज विकले संस्थागत तवरबाट ज्ञानदीप कलेजले शिक्षाको गुणात्मक विकासका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए । संयोजक विकले प्राविधिक शिक्षाको विकास आजको आवश्यकता भएको भन्दै हरेक विद्यालयले प्राविधिक शिक्षालाई अवको गन्तव्य वनाउनुपर्ने उनको कथन थियो ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक तिर्थराज न्यौपानेले स्थानीय स्तरका विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै थप नयाँ कार्यक्रमहरु सञ्चालनका लागि आग्रह समेत गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले ज्ञानदीप वडाकै गहना भएको वताउँदै विद्यार्थीहरुको हातमा समाज र देशको भविष्य हुने भएकाले गुणात्मक शिक्षाका लागि कलेजले ध्यान दिनुपर्ने कुरा वताएका थिए ।

विद्यार्थी हेमन्त प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकल, दिपक कुमाल, विद्यार्थीहरु रिचा सापकोटा, रेमन्त पुन, मनिषा डाँगी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

सो अवसरमा कलेजको स्थापनाकालदेखि महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । विद्यार्थी अर्जुनदेव वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तेजवहादुर डाँगी र सुदन भण्डारीले गरेका थिए ।