गोग्लीका एक दम्पतीद्वारा माईक्रो फाईनान्स सँस्थाको कोठा भाडामा छुट

टेकबहादुर पुन

दाङ, २५ असार।  दाङमा एक दम्पतीले ‘मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तिय सँस्था लिमिटेड’ को शाखा कार्यालय रहेको कोठा भाडा छुट दिएका छन् । घोराही उपमहानगर पालिका ४ गोग्ली निवासी राम बहादुर बुढाथोकीले सँस्था रहेको कोठा भाडा एक महिनाका लागि पुरै छुट गरिदिएका हुन् । लकडाउनका कारण आर्थिक तथा ब्यबसायिक कारोबारमा नकरात्मक प्रभाव परेको भन्दै मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तिय सँस्था लिमिटेड शाखा कार्यालय गोग्ली दाङलाई बुढाथोकीले घरभाडामा छुट दिएका छन् ।

DG Mobile Dang

सँकटको घडीमा लघुबित्त बित्तिय सँस्थालाई घरभाडा छुट दिएर घोराही ४ का उनी हजारौ घरबेटीका लागि एक उदाहरणिय बनेका हुन । ब्यबसाय अोरालो लागेको अबस्थालाई नेपाल सरकारले घरबेटी हरुलाई घरभाडा छुट गर्न आग्रह पनि गरिरहेको छ । तर आंसिक ब्यबसायीले मात्र छुट पाएका छन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अबस्था नहुदा पनि छुट दिएको पाँईदैन । तर दाङ्गको मेरो माईक्रो फाईनान्सको शाखालाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी बुढाथोकीले सामाजिक दायित्व निर्बाह गरेको शाखा कार्यालय दाङ्गका प्रबन्ध कृष्ण बहादुर बिकले बताए ।

लकडाउनका कारण अर्थतन्त्र अोरालो लागेको अबस्थामा ब्यबसायी हरु हतोत्साहित बनिरहेको अबस्था छ । सरकारले पनि एक महिनाको भाडा नलिन आह्वान गरेकोमा आफुले पनि मानवताको भुमिका निर्बाह गरेको बुढाथोकीले बताए । त्यस्तै ३ महिना देखि ठप्प रहेको व्यापार ब्यबसायलाई ध्यान दिएर कोरोना भाईरस सँग लड्दै र सँकटको बेला एक अर्कालाई साथ दिनुपर्ने उनको भनाई छ । मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तिय सँस्था लिमिटेडले कोरोना भाईरस सँक्रमण, रोकथाम, नियन्तरण तथा उपचार कोषमा २५ लाख ६० हजार रुपैया सहयोग गरिसकेको छ ।

त्यसको साथै विभिन्न स्थानिय तहहरुलाई पनि राहात तथा आर्थिक सहयोग पनि गरेको जनाएको छ । मेरो माईक्रोफाईनान्स लघुबित्त बित्तिय सँस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पेरिट कार्यालय रहि देशका ५९ जिल्लामा १ सय २० वटा शाखा कार्यालय र बनगाँउ अनुगमन कार्यालय दाङ अन्तरगत ६ जिल्लामा ९ शाखा कार्यालय मार्फत लघु बित्तिय सेवा प्रदान गरिरहेको छ ।