८ प्रहरीको हत्या आरोपी विकास पक्राउ

काठमाडौंः भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरिसकेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन् ।

DG Mobile Dang

नरोत्तम मिश्राले विकास दुबेको पक्राउलाई मध्य प्रदेश पुलिसको ठूलो सफलता बताएको छ । दुबे अहिले पनि मध्य प्रदेश पुलिसको हिरासतमा छन् ।दुबेलाई उज्जैनको महाकाल मन्दिरको सुरक्षाकर्मीहरूले समातेर मध्य प्रदेश प्रहरीलाई बुझाएका हुन् ।दुबेले महाकाल मन्दिरमा पुगेको जानकारी आफैले पुलिसलाई दिएको बताइएको छ ।