विपदबाट प्रदेश पाँचमा १५ जनाको मृत्यु

जीतसागर जी.एम.

दाङ, २५ असार। प्रदेश नम्बर पाँचमा दुईमहिनाको अवधिमा विभिन्न विपदबाट १५ जनाको मृत्यु भएको छ भने २७ जन घाइते भएका छन् । बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका घटनामा परी पाल्पा, गुल्मी, रुपन्देही, अर्घाखाँची, प्युठान, पश्चिम नवलपरासीमा १५ जनाको मृत्यु भएको प्रदेश नम्बर पाँचको कार्यालय तुलसीपुरले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad

यसैवर्षको जेठदेखि हालम्म प्रदेश पाँचका पाल्पा र गुल्मीमा सबैभन्दा बढी ५÷५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।

त्यस्तै रुपन्देहीमा २, अर्घाखाँची, प्युठान र पश्चिम नवलपरासीमा १÷१ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न घटनामा परि गुल्मीमा १० जना, प्युठानमा ६ जना, बाँकेमा ४ जना, बर्दियामा ३ जना, दाङ, कपिलवस्तु, रोल्पा र पाल्पामा १÷१ जना घाइते भएका छन् ।

यस्तै प्रदेशका १२ वटै जिल्लामा बाढि, पहिरो, चट्याङ र आगलागीबाट १९ करोड १५ लाख ८ हजार ५ सय रुपैया क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *