दुई लाख बढी रकमसहित दस जना जुवाडे पक्राउ

Advertise with us

बाँकेबाट दुई लाख बढी रकमसहित दस जना जुवाडे पक्राउ परेका छन्। बिहिबार बेलुका साढे ५ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीको एक होटलबाट उनीहरू पक्राउ परेका हुन्।

Buddha International Hospital

Advertise with us

उमेश शेरचनले सञ्चालन गर्दै आएको माछापुच्छ्रे थकाली भान्सा घरमा जुवा खेलिरहेका दस जना जुवाडे र दुई लाख दस हजार नगद बरामद भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज वडा नं. १ निवासी ७० वर्षीय उमेश शेरचन, सोही ठाउँ निवासी ५० वर्षीय पूर्णबहादुर थापा, नेपालगञ्ज वडा नं. १९ निवासी ४० वर्षीय यामबहादुर कटवाल, ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ निवासी ४० वर्षीय सुकदेव गिरी, हुल्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं. ६ बस्ने ४८ वर्षीय कर्णजित बुढा, सोही जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय कैलाश रोकाया, हुम्ला जिल्लाकै नाम्खा गाउँपालिका वडा नं. १ निवासी ३१ वर्षीय प्रेम लामा, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. २ निवासी ३९ वर्षीय राजु खड्का र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ निवासी ३२ वर्षीय नविन चन्द पक्राउ परेको प्रदेश प्रहरी प्रवक्ता एवं डिएसपी कार्कीले बताए।

पक्राउ परेका व्यक्तिहरूबाट तीन गड्डी तास र नगद २ लाख १० हजार ३ सय ५५ रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू विरूद्ध जुवा ऐन अन्तरगत मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।