कथा : रातकी रानी

दीपक जीएम 


कतिबेला कुनबेला के आइपर्छ कसैलाई थाहा हुदैन तर पनि मानिसहरु सँघर्ष गर्न छोडदैनन ।जीवनको गतिशील यात्रामा कसैलाई सुख प्राप्ति हुन्छ भने कसैलाई दुस्ख र पनि आफ्नै सँसारमा रमाउँदै विभिन्न नानाथरिका सञ्जाल बुन्दै अघि बढ्ने क्रम भने रोकिएको अहिले सम्म देखिएको छैन ।

Buddha International Hospital
Advertise with us


सागर एउटा त्यस्तो नाम गरेको व्यक्ति जसलाई न त कसैसँग कुनै लगाव छ न त कसै प्रति केही चासो,आफ्नै बेग्लै सँसारमा ऊ खुसी छ साथै बाहिरी दुनियाको उसलाई कुनै मतलब छैन ।कॉलेजमा एक से एक राम्रा युवतीहरू हुदा हुदै पनि सागर लाई उनीहरू प्रति बेवास्ता छ । सागरको इमन्दारिता अनि पढाई तिर को ध्यानकर्षण देखेर कॉलेजका गुरुहरु पनि सारै खुसी हुनुहुन्थ्यो ।क्लासमा पनी ऊ अति नै लोकप्रिय थियो ।समय बित्दै गयो,सागर पढाई सिध्याएर बुवाको कारोबार सम्हाल्न थाल्यो साथै प्रगतिका पाइलाहरु चुम्न थाल्यो ।

जीवन मरण को कुनै समय हुदैन त्यसैले होला एकाएक सागरको बुवाको हृदयघात भइ मृत्यु हुन जान्छ , पितृ शोक को कारण सागरलाई ठूलो धक्का पुग्न जान्छ ।बिस्तारै बिस्तारै सागर आफूलाई सम्हाल्न थाल्छ र कारोबार तिर ध्यान दिन थाल्छ ।परिवारमा मात्र ऊ एक्लै थियो अगाडी पछाडि कोही नभएकोले सागरलाई कोही कसै प्रति कुनै लगाव थिएन ।


केही दिन पस्चात एकजना साथीको बिहेको भोज भएकोले सागरलाई रातारात शहर देखि बाहिर जानु पर्ने भयो, कति पनि ढिला नगरी सागर आफ्नो गाडी लिएर निस्किन्छ ।अगाडी बढ्दै जादा ठूलो पानी परिरहेको हुन्छ जसकारण उसले बाटोको भेउ पाउँदैन ।अगाडी बढ्न अप्ठयारो भएकोले सागर गाडी लाई बाटोको नजिकै एउटा पुरानो घर नेर लागेर रोक्छ र गाडी बाट निस्किन्छ । घर पुरानो भएको हुदा त्यहा कोही पनि हुदैनन,पानी ठूलो मात्रामा परिरहेको हुन्छ । रात चकमन्न हुन्छ पोलमा बालिएका बत्तीहरूले चारैतिर उज्यालो छरिरहेको हुन्छ ।घडी हेर्दै सागर चिसा लुगा झट्काउन थाल्छ ,त्यतिकैमा एउटी बैसालु युवती त्यहा आइपुग्छिन।

सागर बिस्तारै कड्के नजर लगाउँदै ती युवतीलाई निहार्न थाल्छ ुुउमेरले १८,१९ की ,ओठमा भएभरको रातो लिपिस्टिक,बस्दा पनि च्यातीएला जस्तो टाइट पेन्ट,पातलो टिशर्ट जसले सजिलै सँग रातमा पनि भित्री सर्वस्व झल्काइरहेको थियो ुु सागर मनमनैु कस्तो खालको केटी रहेछ यति राति सम्म के गर्दै छ होला यहा कतै बाटो त बिर्सेनुु सागरको एकाग्र भँग गर्दै ती युवती बोल्छिन ।ुु सुन्नुस न जाने हो हँ।। सागर अचम्मै पर्छ तर केही बोल्दैन ।ुु मेरो मात्रै १००० अनि होटलको चाही ५००,मैले चिनेको होटल छ केही फिक्री लिनु पर्दैनुु। सागर अक्क न बक्क हुन्छ उसको मुख बाट केही पनि निस्किदैन । ओठ लडबढाउँदै ुु के भनेको कहा जाने किन जाने म त्यस्तो मान्छे होइन तिमीले मलाई गलत सोचिराखेकी छौ ुु।

सागर मुन्टो अर्को दिशा तिर फर्काउँछ । बैसले खादिएकी ती युवती सागर नजिकै पुग्छिन अनि सागरको कांधमा हात फेर्दै ुु किन अन्जान बन्छौ अहिले सम्म बहिरको दाल खाएको छैनौ की के हो,की अर्कै पार्यौ र।।।हाहाहाहा गर्दै खित्का लाउना थाल्छिन ुु सागर ती युवती तिर हेर्दै सोध्छ ुु किन यस्तो काम गर्छौ अलिकति पनि लाज लाग्दैन तिमीलाई।।।१ ुु के को लाज मन्नु र सानै देखि गरिरहेको काम त हो नी,बरु तिमीहरूलाई लाग्छ होला लाज बाहिर तर ओछ्यान तताउँदा चाही कहा जान्छ नी साहबहरुको लाज शर्म।।खुबै सोझो ठहरीन्छौुु।

त्यतिकैमा एउटा बालक साइकिल को घण्टी बजाउँदै त्यहा आइपुग्छ अनि ती युवती तिर हेर्दै ुु सपना दिदी तपाई यहा के गर्दै हुनु हुन्छ रु ए बिरे कहा बाट आईस यतिबेला अनि हातमा के हो यो ुु काम बाट आउँदै छु दिदी, पानी परेर सब चौपट नै भयो,भोलि स्कूल को फीस पनि तिर्नु छ कसरी तिर्नु अब ,यो पानीले गर्नु गर्यो ।

सपना आफ्नो पर्स बाट केही पैसा निकाल्दै ुुल यो पैसा भोलि फीस तिरेस अनि राम्रो सँग पढाई तिर ध्यान दिनु बुजीस नी भन्दै सपना बिरेको गोजीमा पैसा हाल्दिन्छीन। ुु हस दिदी म गए भन्दै साइकिलको घण्टी बजाउँदै अगाडी बढ्छ ।सपना एकोहोरो मन्द मुस्कानमा बिरे गएको हेरिरहन्छिन ।

सागर ट्वाल्ल पर्छ सपनाले बालक प्रति गरेको व्यवहार ले साथै उनको चरित्र लाई बुझ्न नसक्दा सागर आफै अन्योलमा परेको छ । सपना हास्दै सागर तिर हेर्छिन अनि ुु के भयो तिमीलाई किन अचम्म लाग्यो यो सब देख्दा ,बेश्या हुं म बेश्या सबैले यही नाम ले चिन्छन मलाई।।बेश्या हुं त के भयो बेचेकी छु त आफ्नो शरीर बेचेकी छु कसै सँग मागेर खाएकी छैन,कसैसँग मलाई लिनु पनि छैन र दिनु पनि छैन जे छु जे गर्दै छु त्यसैमा खुसी छु मुु । सागरलाई सपनाको कुरा ले भावुक बनाउँछ । सागरले खल्ती बाट चुरोट झिक्छ अनि सल्काउन खोज्छ तर सलाई पानीले पूरै भिजेको हुदा बल्दैन, सपनाले आफू सँग भएको सलाई बाल्दै ल लिउ भनी चुरोट सल्काइदीन्छे।

ुु अर्को छ तिमी सँग हँ।।। अहँ छ ल लेउ भनी अर्को चुरोट खल्ती बाट झिक्दै सपना लाई दिन्छ। सागर सपना तिर हेर्दै प्रश्न गर्छ ुुकसरी यो काममा लाग्यौ तिमी रु जवाफमा ु म सानो थिए मेरो आमाबुवा कोही नभएकोले मलाई मेरा मामाले पाल्नु भयो हुर्काउनु भयो र एकदिन गाउँ देखि धेरै टाढा मलाई यो शहरमा लिएर आउनु भयो र एकजना आफन्ती छन त्यही बस्ने अब अनि त्यही बसेर पढ्ने है भान्जी भनी मलाई त्यस नर्कमा बेचेर आफू भने लापत्ता हुनु भयो ।

केही समय मै मलाई नांगिनु पर्यो र त्यस नाबालक उमेर मै मेरो मुख बाट पहिलो चित्कार निस्कियो ,त्यो दिन देखि आज सम्म मलाई सधै त्यसरी नै नांगिनु पर्छ तर चिच्याहट को भने कुनै सिमाना हुदैन। म जस्तैं कैयौ यहा चेलीबेटीहरु दिनहूं बेचिन्छन नांगिन्छन र भुस्याहाहरुको आहारा बन्छनुु। बोल्दै जादा सहन नसकी सपना रुन थाल्छिन ।रातको सन्नाटामा उनको रुवाई ले एउटा अनौठो बिगुल नै बजाएको हुन्छ जसको चित्कारमा एउटा बेग्लै किसिमको पीडा महसुस गर्न सकिन्थ्यो । सागर मौन रहन्छ,केही बोल्दैन मात्र उनको मुख देखि निस्केका कारुणिक शब्दहरुको प्रहारले उसको मुटु नै छेडिन्छ । पानी रोकिएको हुन्छ सडक सुनसान हुन्छ रातमा उल्लुको नमिठो आवाजले केही अशुभ को सँकेत गरिरहेको हुन्छ ।

कोही गुनगुन गर्दै उनीहरू तिर बढिरहेको हुन्छ। सपनाले सागरलाई ुकेही नबोल्नु त्यो आउँदै गरेको मेरो मान्छे हो ु।त्यो मनुवा नजिकै आउँछ र सपनाको हात समाउँदै ु ल हिड जाउँ उता तँलाई कुरेर बसिरहेको छ त्यो बाबा होटेल को साहु ुु नकार्दै सपना ुु अहँ जान्न म,त्यो साहु त बिरामी छ रे मैले सुनेको छु ुु कसले भन्यो तँलाई बिरामी छ भनेर छैन अनि बिर्सिस तैले उसले तँलाई दुख पर्दा दिएको पैसाुु सपना रिसाउँदै ुु थाहा छ मलाई तर मैले अलि अलि गर्दै तिरीरहेकी त छु नी खाएर भागेकी त छैन नी म,आधा भन्दा बढ़ी पैसा दिसकेकि छु उसलाई अब अलिकति छ त्यो पनि म केही समय मै दिन्छु ुु ए तेरो नखरा देखे मैले अब धेरै नबास हिड खुरुक्क भन्दै सपनाको हात समाउँदै तान्छ, त्यतिकैमा सागर हात छुटाउँदै त्यस मनुवालाई धक्का लगाउँछ र हुत्याउँदै पर धकेल्छ ।

सपना ले झगडा न गर्न आग्रह गर्छिन। हातपात गर्दै जादा प्रहरीको गाडी त्यहा आइपुग्छ र उनीहरू सबैलाई गाडीमा हालेर लैजान्छ । प्रहरी चौकीमा बहस हुन थाल्छ सागरको चिनजान रहेको प्रहरी प्रमुख सामु आफु साथीको बिहेमा जान लागेको अनि बर्षातको कारणले त्यहा रूकेको र घटना सबै सुनाउँछ र साथै सपनाको कुनै दोष नरहेको बताउँछ । सागर लगायत सपनाहरुलाई पनि कुनै सवाल जवाफ नगरी प्रहरीले छोडिदिन्छ ।

बाहिर निस्के पछि सागरले खल्ती बाट पैसा झिक्दै त्यस मनुवा तिर हेर्दै बोल्छ ुु यो पैसा लागेर त्यो साहुलाई दिनु अनि अब देखि सपनालाई कुनैपनि काममा जबर्जस्ती नगर्नु भन्दै पैसा उसको हातमा राखिदिन्छ ।ुु हुन्छ भन्दै पैसा लिएर ऊ बाटो लाग्छ । सपनालाई लिएर अघिकै ठाउँमा पुग्छ जहा उसको गाडी हुन्छ । सपना अनौठो तरिकाले सागर तिर हेर्छिन ु किन मलाई सहयोग गर्यौ उसलाई किन पैसा दियौ रु जवाफमा ुु मैले जे गरे त्यो मेरो तिमी प्रतिको सहानुभूति हो र एउटा मानिसले गर्नु पर्ने कर्तव्य पनि होुु । सपना आँखा भरी आँसु ल्याउँदै ुु मलाई तिमी एकदमै मन पर्यो आज सम्म नरभक्षी राक्षसहरु मात्रै भेटेको थिए तर पहिलो पटक एउटा असल मान्छे भेट्दै छु जो निस्वार्थ छ ुु।

पानी रोकिएको हुनाले सागर गाडी तिर बढ्छ ुु हिड म तिमीलाई पुर्याइदिन्छु भन्दै सागर गाडीको ढोका खोल्छ। सपना गाडीमा बस्छिन,सागरले गाडी अगाडी बढाउँदै ुकहा बस्छौ तिमी रु ुुमेरो कुनै ठेगाना नै छैन तर अहिले लाई भने मलाई मेरो साथीको कोठामा पुर्याइदिए हुन्छुु।

सागर अनि सपना बीच आफ्नोपनको सम्बन्ध गासिन्छ जसले उनीहरू एकअर्का बीच आकर्षित हुन पुग्छन । सपना गाडी बाट ओर्लिन्छीन अनि सागर तिर हेर्दै बोल्छिन ुु तिमी जे सुकै भन तर रात त तिमीले एउटी बेश्या सँगै बितायौ नी है ुु यति भन्दै सपना खित्का छोड्छिन र कोठा तिर लाग्छिन ।

सागर अघि बढ्छ र बाटो भरी सपना सँग बिताएका पलहरु सम्झन थाल्छ। बिहानीको उज्यालो सँगै सागर एक रातको अनौठो अनुभव बटुल्दै आफ्नो गन्तव्य तिर लाग्छ ।