विषादी प्रयोगमा नियन्त्रण

Advertise with us

दाङ, माघ  । नेपालमा बिदेशी मुलुकको तुलनामा थोरै बिषादी प्रयोग हुने भएपनि त्यसको असर धेरै हुने गरेको पाईएको छ ।

Buddha International Hospital

Advertise with us

बिदेशी मुलुकमा एक हेक्टर क्षेत्रफलमा १७ किलो भन्दा बढि बिषदी प्रयोग भएपनि नेपालमा तीनसय ९६ ग्राममात्रै बिषदी प्रयोग हुने गरेको छ । तर नेपालमा बिदेशी मुलुकमा भन्दा धेरै असर गर्ने गरेको छ । ‘हाम्रै लापरबाहीले गर्दा यस्तो समस्या निम्तिएको हो’ प्लान्ट क्वारेन्टिन एवं बिषादी ब्यबस्थापन केन्द्र ललितपुरका प्रमुख डिल्लीराज शर्माले बताउनुभयो ।

शुक्रबार उपभोक्ता हित संरक्षण मञ्च नेपाल काठमाडौंले तुलसीपुरमा कृषी उपजहरुमा प्रयोग हुने रासायनीक बिषादी प्रयोग र ब्यबस्थापनका बिषयमा भएको अन्तक्रिया कार्यक्रममा उहाले बताउनुभयो ।

उहाले बिषादी प्रयोग गर्दा ध्यान नदिदा आफ्नो स्वास्थ्य आफैलाई धराप पारिरहेको भन्दै यसतर्फ किसानलगायत सम्बन्धी सबै सचेत हुन आबश्यक रहेको उहाको भनाई छ । ‘हामीले कस्तो बिषादी कसरी प्रयोग गर्ने, बिषादी प्रयोग गरेको कति दिनसम्म तरकारी प्रयोग नगर्नेलगायतका बिषयमा जानकारी नलिदा स्वास्थ्यमा समस्या हुन्छ ।’ उहाले भन्नुभयो ।

मानिसको आँखा, नाक, मुखलगायतबाट शरिरमा पुग्ने भन्दै बिषादी छर्दा नाङ्गै हातले नछुने, एक पटक बिषादी खोलीसकेपछि पुनः प्रयोग नगर्ने, बिषदी छर्दा जुता, चप्पल, टोपी, पञ्जा लगाउनुपर्ने उहाको भनाई थियो ।

अहिले बजारमा २१ प्रकारका बिषादीहरु प्रयोगमा रोक लगाएको भन्दै यस्ता बिषादीहरु बजारमा आएको थाहा पाए नियमन निकायमा खबर गर्न किसान तथा उपभोक्ताहरु लगायत सबैमा अनुरोध समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा तरकारीमा बिषादीको मापन गर्ने यन्त्र ल्याउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्ण बस्नेतले किसानहरुले कृषि ज्ञान केन्द्रबाट बिषादीबारे जानकारी लिएर मात्रै बिषादी प्रयोग गर्न अनुरोध गर्नुभयो । कृषि ज्ञान केन्द्रबाट जानकारी नलिएर सिधै भेटनरीमा जाने गरेकाले पनि समस्या हुने गरेको उहाहरुको भनाई थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका लेखनाथ न्यौपाने, उच्च अदालत तुलसीपुरका न्यायाधीश ईश्वरराज आचार्य लगायतले बोल्नु भएको थियो । मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिब भुवन देबकोटाले स्वागत मन्तब्य गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्यले गर्नुभएको थियो ।