कम खर्चमा भु–संरक्षण

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, माघ  । भुसंरक्षण तथा तटबन्धको लागि जैविक बाँधको अभ्यास शुरु भएको छ । भु तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा बायो इन्जिनियरिङ पद्धतीको शुरुवात गरिएको हो । कम खर्चिलो भु संरक्षण कार्यक्रम मार्फत पाँच नम्बर प्रदेशका छ जिल्लामा यस्तो प्रणाली लागु गरिएको हो ।

Advertise with us

कपिलवस्तु देखि पुर्वका जिल्ला दाङ, प्युठान, रोल्पा, पुर्वी रुुकुम, बाँके र बद्धिया जिल्लामा शुरु गरिएको यस्तो जैविक बाँधले भुसंरक्षण तथा तटबन्धमा महत्वपुर्ण सहयोग मिल्ने कार्यालयले जनाएको छ । भु तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले ६ वटा जिल्लाका भुसंरक्षणको अभियानमा संलग्न २७ जनालाई कम खर्चिलो भुसंरक्षण प्रविधि तालिमको लागि आयोजना गरि स्थलगत रुपमा प्रयोगात्मक रुपमै अभ्यास गराएको हो । विभिन्न जिल्लाबाट सहभागिहरुले जैविक बारको अभ्यासबाट खुसी भएका छन् ।

‘हाम्रो गाउँघर यो पाइदैन, लगेरै पहिरो जाने स्थानमा लगाउने योजना बनाएका छौ’ रोल्पा रुन्टीगढीको सुन्ती रोकाले भन्नुभयो । जैविक बारको रुपमा नरकट जातको विरुवा लगाउँदा त्यसको जराले माटो राम्रो संग समात्ने भएकाले भु–क्षयको लागि बढी उपयोगी हुने जलाधार व्यवस्थापन अधिकृत महेन्द्र चौधरीले बताउनुभयोे । दाङ देउखुरीमा प्रशस्त पाइने उक्त जातको झार अन्य जिल्लाका सहभागिले बोकेरै लगेका छन् । शुख्खा क्षेत्रमा जाग्ने र जागेपछि राम्रोसँग झाँगिने हुनाले यस्तो प्रविधिबाट पनि भु–क्षय कम गर्नको लागि अभ्यास थालिएको चौधरीले बताउनुभयो ।

कार्यालयलले प्रदेश पाँचका छ जिल्लामा तटबन्ध, मुहान संरक्षण, सिंचाइ कुलो संरक्षण, पहिरो नियन्त्रण र शुक्ष्म जलाधार संरक्षण तरकारी खेति कार्यक्रम गर्ने गरेको छ । कार्यक्रम सञ्चालन गर्न यस आर्थिक बर्षमा दाङ जिल्लामा दुइ करोड र अन्य जिल्लामा एक करोड ४० लाख रुपियाँ बजेट रहेको छ । कार्यालयले सञ्चालन गरेका विभिन्न योजनाको स्थलगत अनुगमन समेत गरिएको छ । जस अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ को शिशौ बगर सामुदायिक वन क्षेत्रमा अर्जुन खोलाको तटबन्ध, मध्यनगर क्षेत्रको तटबन्ध र राजपुर गाउँपालिका बेलाको चुरेक्षेत्रको अनुगमन गरिएको हो ।

स्थलगत अवलोकन पछि अर्जुनखोला क्षेत्रमा खोलाको आफ्नो भाग अग्लिदै गएको, किनारा र बस्ती तर्फ होँचो हुन थालेपछि खेलाको बहाव बर्षाको समयमा बस्ती तर्फ नजाहोस भनेर पक्की बाँध संगै जैविक बाँधको रुपमा प्रयोग गरिएको हो । नदीमा नदीजन्य पदार्थ बढी संकलन हुँदासम्म नलिकाल्दा खोलाको भाग अग्लीएको बताइएको छ । शिशौ बगर सामुदायिक वन क्षेत्रमा पर्ने उक्त स्थानमा नगरपालिकाले प्रकृया पु¥याएर नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था मिलाए, राजश्व संकलन र तटबन्धमा सहज हुने भुःतथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका जलाधार व्यवस्थापन अधिकृत जिउत रावत अहिरले जानकारी दिनुभयो ।