न्यायालयको टिप्पणीप्रति चिन्ता

Advertise with us

 

Buddha International Hospital

दीपक जीएम

Advertise with us

घोराही, माघ । न्याय परिषद सचिवालयको आयोजनामा शुक्रवार देखि दाङको घोराहीमा देवानी, फौजदारी संहिताको कार्यान्वय र न्यायिक शुसासनको विषयमा अन्र्तक्रिया सुरु भएको छ । प्रदेश नम्वर पाँचका सबै जिल्ला र प्रदेश नम्वर ६ को रुकुम र सल्यान जिल्लाका न्यायाधिस, रजिष्टार र श्रेष्तेदारहरु अन्र्तक्रियामा सहभागि भएका छन् ।

यसैबीच दुइ दिने अन्र्तक्रिया कार्यक्रमको एक औपचारीक कार्यक्रमको आयोजना उद्घाटन गरिएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदीको अध्यक्षता एवम न्याय परिषदका सदस्य पदम बैदिकको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै न्याय परिषदका सदस्य पदम वैदिकले नेपालले परिप्रेक्षमा अन्य क्षेत्र भन्दा न्याय क्षेत्र बढी सुसासित भए पनि पछिल्लो समय न्यायालय माथि पनि विभिन्न आक्षेप लाग्ने गरेको बताउनुभयो । उहाले न्यायालय माथि टिका टिप्पणी बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले न्याय परिषदले न्याय पालिकाको संरक्षक, अभिभावकको रुपमा भुमिका निर्वाह गरिरहेको भन्दै न्यायलयलाई व्यवस्थित बनाउने प्रयास परिषदबाट भैरहेको दावि गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै न्याय परिषदका अर्का सदस्य रामप्रसाद सिटौलाले अदालतप्रति अझै जनताको आस्था कायम रहेकोभ भन्दै जनताप्रतिको आस्थालाई निरन्तर कायम राख्न न्यायाधिसहरुलाई आग्रह गर्नुभयो । उहाले जनतालाई न्याय दिने कुरामा सक्रिय रहन समेत न्यायधिसलाई अनुरोध गर्नुभयो । साथै उहाले मुलुकले न्याय क्षेत्रमा ठुलो रकम खर्च गरेको भन्दै न्याय परिषदले आवश्यकता अनुसार न्यायकर्मीलाई स्पष्टीकरण, बर्खास्त वा कारवाही गर्नुपर्ने बाध्यतालाई अन्यथाको रुपमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उच्च अदालत नेपालगञ्जका मुख्य न्यायाधिस विष्णु देवकोटाले देशमा नयाँ ऐन लागु भएको अवस्थामा न्याय क्षेत्रमा काम गर्नेहरुलाई ऐनको बारेमा प्रष्ट पार्नु आवश्यक रहेको औल्याउनुभयो । पुरानो ऐन, कानुन पढेकाहरुले नयाँ ऐन कानुन बारे प्रष्ट नभए अदक्ष जस्तै बन्ने बताउनुभयो । यस्तै जिल्ला बारका अध्यक्ष प्रदिप गौतमले कानुनको बारेमा वकिल, न्यायालयहरु दक्ष हुनुपर्ने बताउनुभयो । यस्तै उहाले कानुनको बारेमा न्यायकर्मी बीच निरन्तर छलफल र अन्र्तक्रिय हुनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनले कानुनका विषयमा सबै संचारकर्मीहरु दक्ष नभएको हुदाँ आफुहरुले अदालतलसँग निरन्तर छलफल र अन्र्तक्रियको कार्यक्रम गरिरहेको बताउनुभयो । उद्घाटन सत्रको सहजिकरण उत्तम सिलवालले गर्नुभएको थियो ।

दुइ दिनसम्म चल्ने कार्यक्रममा न्यायिक सुशासनका विविध पक्ष, न्यायिक अनुगमनमको प्रभावकारीता, न्यायिक अनुसासन कायम गराउन न्याय परिषदको भुमिका, नयाँ संहिताहरु लगु भए पछिको परिमार्जित सन्र्दभमा अदालतहरुमा जनशक्तिको व्यवस्थापन, देवानी फौजदारी कार्यविधि लगायतको विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।