घोराहीमा नेविसंघको प्रर्दशन

घोराही, माघ १८ । अनशनमा रहेका डा. गोबिन्द केसीको जीवन रक्षा गर्नुपर्ने लगाएका बिभिन्न माग गर्दै नेविसंघ दाङले शुक्रबार घोराहीमा प्रर्दशन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेबिसंघले पार्टी कार्यालयबाट निकालेको बिरोध प्रर्दशन भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Buddha International Hospital

Advertise with us

डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने, निर्मला पन्तका हत्यारालाई तत्काल पहिचान गरि कार्वाही गर्नुपर्ने, भ्रष्टाचार रोक्नुपर्ने लगाएतका माग राख्दै नेविसंघले प्रर्दशन गरेको हो ।

प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा नेविसंघका सदस्य घनश्याम भण्डारी घाईते समेत हुनु भएको छ । कोणसभालाई सम्बोधन गर्दै तरुण दलका नेताहरु मुक्तिप्रसाद न्यौपाने, टोवबहादुर बुढाथोकी, निर्वतमान क्षेत्रिय सभापती तिलक रावत, सहसचिब जितेन्द्रप्रकाश ओली लगाएतकाले रहेक मुद्धामा सरकार संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

Advertise with us