माफी मांग्दै दिपाश्री ले भनिन : राजेश हमाल महानायक होइन भन्ने मेरो हैसियत छैन

 

Blog Post Ad

काठमाडौं । कलाकार तथा निर्मात्री दीपाश्री निरौलाले राजेश हमालसँग माफी मागेकी छन्। एक टेलिभिजन अन्तर्वार्ताको क्रममा राजेश हमाललाई कसले महानायक बनायो ? भन्दै प्रश्न गरेकी थिइन्। त्यससँगै सामाजिक सञ्जालमा विवादमा तानिएपछि दीपाश्रीले हमाल र उनका फ्यानसँग माफी मागेकी हुन्।

Blog Post Ad

हमाललाई आफ्नो सुपरस्टार होइनन् भन्ने हैसियत नरहेको भन्दै उनले भनेकी छन्, “मेरो पहिलो चलचित्रको नायक उहाँ नै हो। उहाँलाई महानायकको रूपमा अन्यन्तै सम्मान छ।’’

आफू काठमाडौंमा पाउरोटीसमेत खान नपाएर संघर्ष गरेर यो स्थानमा पुगेको स्मरण गराउँदै उनले भनिन्, “मेरो विगतले नै मलाई घमण्ड गर्ने अनुमति दिँदैन। म यो क्षेत्रमा ३० वर्षदेखि छु। टुप्पोबाट पलाएको पनि छैन। हमालजी सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहनुहुनेछ।’’

महानायकको हिसाबले चलचित्र क्षेत्रको पीडामा मल्हम लगाउन सक्नुपर्छ भन्ने मान्यतामा आफू रहेको भन्दै त्यसो नगरेका कारण हमाललाई कसरी भगवान नै बनाउने भन्दै प्रश्न गरिन्।

भविष्यमा अन्तर्वार्ता दिने क्रममा एकदमै सजक बन्ने उनको भनाइ छ। सामाजिक सञ्जालमार्फत अनावश्यक गालीगलौज आएपछि उनले आफ्नो घरमा भएका दिदीबहिनीहरूको समेत ख्याल गर्न स्मरण गराएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *