सर्पको टोकाईबाट दाङमा ३ जना बिरामी, एकको अवस्था गम्भिर

 

दाङ १७ असार । सर्पको टोकाईबाट दाङमा तीन जना बिरामी परेका छन् । बिरामी परेका ३ जना मध्य गम्भिर भएका एक जनालाई नेपालगंज रिफर गरिएको छ । सर्पको टोकाईबाट गम्भिर बिरामी भएका बबई गाउँपालिका–४ हापुरेको आलेटोल निबासी ३७ बर्षका बिरबहादुर सोतीमगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको हो ।

DG Mobile Dang

उहाँलाई आज बिहान साढे सात बजे धारामा पानी लिन जाँदा सर्पले टोकेको हो । त्यसैगरी सर्पको टोकाईबाट बिरामी परेकी शान्तिनगर गाउँपालिका–६ गिधनिया निवासी ४२ बर्षकी टीका वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो । उहाँलाई घरमा सुतीरहेको समयमा आज बिहान ७ बजे सर्पले टोेकेको थियो ।

त्यसैगरी आज विहान ११ बजे सर्पको टोकाईबाट तुलसीपुर –२ भमके एकता टोल निबासी २६ बर्षका हेमन्त राना बिरामी पर्नुभएको छ । उहाँको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रानालाई खेतमा काम गर्ने क्रममा सर्पले टोकेको अस्पतालले जनाएको छ ।