वडाध्यक्ष आक्रमणको आरोपमा तीन जना पक्राउ

घोराही, असार १७ । मंगलबार दिउँसो दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरु विप्लवका कार्यकर्ता रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई शान्तिनगर २ बाट मंगलबार राति नियन्त्रणमा लिएको र अहिले सोधपुछ भईरहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहका अनुसार बिप्लव समूहका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।

आक्रमणबाट घाइते भएका वडाध्यक्ष डाँगीलाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

DG Mobile Dang