दाङमा बाउले छोरालाई हाने खुकुरी

घोराही, असार १७ । दाङमा वुवाले आफ्नै छोरामाथी खुकुरी प्रहार गरेका छन् ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गयराति ९ बजेतिर दंगीशरण गाउँपालिका ५ नौबस्ता निवासी ४६ बर्षीय खुसीराम चौधरीले आफ्नै २७ बर्षीय छोरा श्रीप्रसाद चौधरीमाथि खुकरी प्रहार गरेका हुन् ।

सामान्य घरयासी बिबादका कारण खुकुरी प्रहार गर्दा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

DG Mobile Dang

खुकुरी हान्ने ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।