चिर्पटले हानेर श्रीमानको हत्या

रुकुमपूर्व, असार १७ । श्रीमतिको चिर्पट प्रहारबाट रुकुमपूर्वमा श्रीमानको ज्यान गएको छ । सिस्ने गाउँपालिका–२ सुढृका २६ वर्षीय बिछोड बिकलाई उहाँकी श्रीमती २० वर्षीया रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको हो ।

पारिवारिक बिवादको क्रममा मंगलबार राति ११ बजे चिर्पटले टाउकोमा हानेको र श्रीमानको ज्यान गएको वडाअध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

वडाअध्यक्ष केसीका अनुसार बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

DG Mobile Dang

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्व जिल्लाबाट उक्त घटना स्थलमा पुगी रेश्मालाई नियन्त्रणमा लिइएको छ ।

शव पोष्टमार्टमको लागि र रेश्मालाई घटनाको थप अनुसन्धानको लागि जिल्ला रुकुमकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।