सल्यान कारागारमा नाराबाजी

सल्यान, असार १७ । पाँचजना कैदीबन्दीलाई सरुवा गरी अन्यत्र पठाउन खोजिएको भन्दै जिल्ला कारागार सल्यानमा बुधबार नाराबाजी भएको छ । सल्यान कारागारका पाँच कैदीबन्दीलाई तुलसीपुर कारागार सरुवा गर्ने विषयको विरोधमा नाराबाजी भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए ।

उनले कारागारमा भएको नाराबाजीको विषयमा छानबिन समिति गठन गरी थप जानकारी लिने र समस्या सम्बोधन गर्ने बताए । बिहानैदेखि कारागारभित्र नाराबाजी भएको हो । कैदीबन्दीले नाराबाजी गरेपछि कारागारको सुरक्षा कडा पारिएको छ ।

DG Mobile Dang