सलहले सिध्यायो बाली (फोटो)

देउखुरी, असार १६ । दाङको लमहीमा सलह किरा देखापरेको छ । मंगलबार लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर गाउँमा ठूलो मात्रामा सलह किरा देखा परेको हो । सलह किराले किसानले लगाएको बालीनाली सबै नष्ट पारेको छ ।

‘दिउँसो दुई बजेतिर पश्चिमबाट ठूलो संख्यामा हाम्रो गाउँमा सलह किरा आयो । आएको एकैछिनमा सलह किराले मकै, करेला, भिण्डी, बदाम, केरा र धानको ब्याड सबै नष्ट पारेको छ’, स्थानीय टीकाराम चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ढाई कठ्ठा जग्गामा लगाएको सबै अन्नबाली सखाप पार्यो । केही पनि बाँकी राखेन । थोरै समयमै धेरै अन्नबाली सखाप पार्दो रहेछ ।’

DG Mobile Dang