अवस्था हेरेर बजार खुल्छ : मेयर

साँझ पाँच बजेसम्म तुलसीपुर बजार खोल्न उद्योग वाणिज्य संघको अनुरोध

शरद रेग्मी
तुलसिपुर, असार १६ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले क्वारेन्टिनमा रहेका ब्यक्तिहरुमा हुन सक्ने सक्रमण र उनिहरुको अबस्था हेरेर बजार खोल्ने निर्णय गर्ने बताउनुभएको छ । मगंलबार तुलसीपुर उधोग बाणिज्य सघंका पदाधिकारिहरुसगंको छलफल कार्यक्रममा मेयर पाण्डेले भन्नुभयो । ‘अहिले अपरान्ह १२ बजेसम्म बजार खुल्दै आएको छ सहज परिस्थिति सृजना भएपछि मात्रै पुर्ण रुपमा बजार खोल्ने निर्णय गर्नुपर्छ ।’

TMart

पुरै बजार खोल्दा बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुको पहिचान गर्न समेत प्राबिधिक रुपमा समस्या हुने भन्दै मेयर पाण्डेले जनताको स्वास्थ्यमा पर्न सक्ने सम्भाबित खतराप्रति सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । जनताको स्वास्थ्यमा कसैलेपनि खेलवाड गर्न नहुने भन्दै ब्यबसायिहरुलाई परेको पिर मर्काबाट आफु टाढा नभएको भन्दै जतिसक्यो छिटो स्थानिय सरकारले बैज्ञानिक निर्णय गरेर शुक्रबार वा आइतबार सम्म ब्यबसायिहरुलाई केहि सहजता प्रदान गर्ने बताउनुभयो ।

यता अषाढ मसान्तको चटारो र लामो लकडाउनको मार खेपिरहेका आम ब्यबसायिको चाहाना अनुसार तुलसिपुर उधोग बाणिज्य सघंले स्थानिय सरकार,जनप्रतिनिधि,सुरक्षा निकाय र स्वास्थ्यकर्मिहरु सगंको सहकार्य र समन्वयमा बजाल खोल्ने समय केहि हेरफेर गर्न पहल थालेको बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले जानकारि दिनुभयो । ‘व्यवसायीको मर्म र चाहाना अनुसार उच्च सतर्कताका साथ बजार ब्यबस्थापन गरेर साझ सम्म खोल्ने पक्षमा बारम्बार समन्वय गरिरहेका छौ अध्यक्ष रावतले भन्नुभयो ।’

व्यवसायीहरु असाढ मसान्त, बैंकको किस्ता र घरभाडा अनि नबिकरणको चपेटामा पर्दापर्दै पनि राज्यको नीति, स्थानिय सरकारको निर्णय पालना गर्दै आम जनताको स्वास्थ सुरक्षालाई ख्याल गरि सिमित समयमा ब्यबसाय खोल्न बाध्य भएको अध्यक्ष रावतले बताउनुभयो । अध्यक्ष रावतका अनुसार केहि दिनमा निश्चित मापदण्ड अनुसार सामाजिक दुरि कायम गर्दै बजारहरु खोल्ने निर्णय हुन सक्ने बताउनुभयो । यता केहि दिनमा क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको स्थिति र कोरोना परिक्षणको रिपोर्ट सबै आईसकेपछि परिस्थिति हेरेर मात्रै बजार पुर्णरुपमा खोल्न तुलसिपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

मगलबार सम्म तुलसिपुर उपमहानगरपालिका भित्र ४३ जनामा कोरोना पुष्टि भएको छ भने दश जना निको भएर घर फर्किसकेका छन । त्यस्तै मगलबार सम्म तुलसिपुर क्षेत्रका बिभिन्न क्वारेन्टिनहरुमा रहेका एक सय ७८ जना ब्यक्तिहरुको कोरोना परिक्षण हुन बाकि रहेको छ । उनिहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य महाशाखाका फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।