स्कर्पियो दुर्घटनामा आमा र छोराको मृत्यु

काठमाडौंः जीप दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ भने बाबु र छोरी घाइते भएका छन् । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा उनकी श्रीमती र छोराको मृत्यु भएको छ । उनी र उनकी छोरी घाइते भएकी छन् ।

दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । उनीसँगै छोरी वर्षा घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

DG Mobile Dang

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।