प्रतिष्ठानमा मेशिन थपिएसँगै परीक्षणको दायरा फराकिलो

दाङ, १६ असार। राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ । सोमबारमात्रै एकै दिन १ हजार १ एक सय ६२ जनाको स्वाब जाँच गरिएको प्रतिष्ठानले जनाएको छ ।

अहिलेसम्म नमूना संकलन गरिएकामध्ये अब १ सय २६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिनुभयो । अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा सोमबारसम्म १४ हजार ३ सय १३ जनाको जाँच गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ७ सय ४६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

DG Mobile Dang