फोहोरबाट ग्यास निकाल्ने सझौता

घोेराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्ने भएको छ । नगरले आज सम्झौता गरि घोराही क्षेत्रबाट जम्मा हुने फोहोरलाई ग्यास उत्पादनका लागि एक निजी कम्पनीलाई जिम्मा दिएको हो ।
सम्झौता भएको एक बर्ष भित्रबाटै ग्यास उत्पादन गर्ने गरी उपमहानगरले नेपाल उर्जा विकास कम्पनी प्रालीलाई २० बर्षसम्म जिम्मा दिएको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

Advertise with us
‘दुई बर्ष लामो गृहकार्य पछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौ बीच आज सम्झौता भएको हो ।‘ उहाँले बताउनुभयो ‘त्रिपक्षिय सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।’

Buddha International Hospital


नगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन गर्ने निजि कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालीका निर्देशक श्रीराम अधिकारी र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्याले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
२० करोड रुपैयाँको लागतमा उक्त ग्यास उद्योग स्थापना हुने र सो बजेटमा ६० प्रतिशत नीजि कम्पनी र ४० प्रतिशत विश्व बैंकको रहेने बताइएको छ । घोराही उपमहानगरपालिका १६ करौटी डाँडामा रहेको ल्याण्डफिल साईडमै ग्यास उद्योग स्थापना हुनेछ । अब लगत्तै निर्माणको प्रक्रिया थाल्ने र १४ महिनामा पछि ग्यास उत्पादन गर्ने सो कम्पनीले जनाएको छ ।


कम्पनीले घोराही क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङगारीक मल उत्पादन गर्ने प्रतिद्धता जनाएको छ । उत्पादन थालेको ५ बर्षसम्म उपमहानगरले फोहोर संकलन, ढुवानी गरिने र २० बर्षपछि सो कम्पनीले चालु अवस्थामा उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।
त्यसैगरी उत्पादन पश्चात कूल उत्पादनको १ प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनु पर्ने छ भने ५ बर्षपछि आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ ।
तत्कालिन घोराही नगरपालिकाले करिब ३ बर्ष पहिले देखी फोहोरबाट ग्यास तथा मल उत्पादन गर्ने गरी निजी कम्पनीसँगको समन्वयमा प्रकृया थालेको थियो ।

Advertise with us