चीनले तयार गर्‍यो अर्को कोरोना खोप

काठमाडौंः चीनले अर्को कोरोना भाइरस खोप तयार गरेको दाबी गरेको छ । रोयटर्सको एक रिपोर्टका अनुसार चीन नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको सूचनाअनुसार मानिसमा हुने परीक्षणको प्रारम्भिक नतिजा आएको छ । कम्पनीले यो खोप क्लिनिकल परीक्षणको क्रममा सुरक्षित र प्रभावशाली देखाएको छ ।

यो दोस्रो कोरोना खोप हो जुन चीन नेशनल बायोटेक ग्रुपले तयार पारेको छ । नयाँ खोप कम्पनीको बेइजिङस्थित युनिटमा तयार गरिएको छ । यस अघि कम्पनीले वुहानको युनिटमा अर्को खोप तयार पारेको थियो ।

DG Mobile Dang

११२० स्वस्थ मानिसहरूलाई क्लिनिकल परीक्षणमा खोप दिइएको थियो । सो क्रममा ती यक्तिहरूमा धेरै मात्रामा एन्टबडीहरू उत्पादन भएको थियो । चीन सफल खोप तयार पार्नको दिशामा धेरै अगाडि पुगेको छ ।चीन नेशनल बायोटेक ग्रुप (सीएनबीजी) चिनियाँ राज्यको स्वामित्वमा रहेको चिनियाँ नेशनल फार्मास्यूटिकल ग्रुप (सिनोफर्म) द्वारा मान्यता प्राप्त हो ।