आज असार १५ : राष्ट्रिय धान दिवस

घोराही, असार १५ । आज असार १५ अर्थात दहि च्युरा खाने दिन । आज देशभर रोपाईं गर्ने र खाजाको रुपमा दहि च्युरा खाने चलन छ ।

कामले थकित भएपछि शक्तिप्राप्तिका लागि दही च्यूरा खाने चलन सुरु भएको हो । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

यसो त आज धान दिवस पनि मनाइने गरेको छ । वि।सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो पटक कोरोना महामारीका बीच पनि भौतिक दुरी कायम राखेर धान दिवस मनाउने कृषि विभागले जनाएको छ ।

DG Mobile Dang

यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् ।