लमही जेसिजको पद हस्तान्तरण

देउखुरी, माघ । लमही जेसिजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिवार एक कार्यक्रमका विच लमहीमा १९ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

Buddha International Hospital

Advertise with us

लमही जेसिजका पूर्व २०१८ का अध्यक्ष खेमराज घिमिरेको अध्यक्ष तथा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही जेसिजले गरेको कामको प्रशंसा गर्दै, आउने दिनहरुमा लमही जेसिजले नयाँ योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रमुख अतिथि केसीले पदभार ग्रहण गरेको सबै जेसिजहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, पूर्व अध्यक्ष कमलजंग सिंह ठकुरी, सुशिला पौडेल, तुलसीपुर नगर जेसिजका अध्यक्ष मेगराज घिमिरे, त्रिभुवन नगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारी रत्नप्रसाद श्रेष्ठ, बसन्तकमार भण्डारी लगाएतले बोल्नु भएको थियो ।