विपन्न असहाय जेष्ठ नागरिकलाई नगद

शिवु खनाल

Blog Post Ad

देउखुरी, असार १३। लमही नगरपालिकाले महिला, बालबालिका तथा समाजकल्याण उप–शाखा मार्फत अति विपन्न असहाय जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ । नगर भित्रका ६० जना अति विपन्न जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नं. ९ वडाका ६ जना जेष्ठ नागरिकलाई शुक्रवार सम्मान गरिएको हो ।

Blog Post Ad

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको बिशेष उपस्थितीमा प्रति जेष्ठ नागरिक सात हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेर आर्थिक सहयोग गरिएको हो । लमही नगरपालिका वडा नं. ९ मा वडा अध्यक्ष भेषबहादुर केसी (रमेश) अध्यक्षतामा भएको कार्यक्रममा चुणामनी कुमाल, पवित्रा कुमाल, शान्ताप्रसाल कुमाल, चन्द्रबहादुर कामी, सितराम पुन र जोखनी माझीलाई नगद ७ हजार पाँच सयका दरले नगद प्रदान गरिएको छ ।

लमही नगरपालिकाका नगरप्रम्ुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप–प्रमुख देबका बेल्वासे, नगर स्तर संजालका अध्यक्ष जागश्वर घिमिरे वडा संजालको अध्यक्ष तेजमणी ज्ञावली, महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाका शान्ता शर्मा, शोभा पण्डित लगायतको उपस्थिती रहेको थियो । यस अघी लमही नगरपालिका वडा नं. १, २, ४, ५ र ६ का ३१ जनालाई नगद सहयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *