सम्राट र मेलिनाको स्वरमा मिठोगीत सार्वजनिक

दाङ, असार १२ । चर्चित गायिक मेलिना राई र गायक सम्राट चौलागाईले गाएको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । सम्राटकै युट्युब च्यानलमा शुक्रबार अपरान्ह रिलिज गरिएको खोलि भित्र लेउ बोलको उक्त गीत लोकपपमा आधारित छ । उत्कृष्ट लय, दमदार शव्द,सँगीत अनि मिठो स्वरमा सार्वजनिक गरिएको उक्त गीतले बजार तताउने आशा गायक सम्राटले गर्नु भएको छ ।

पत्रकार तथा साहित्यकार सविन प्रियासनको शव्दमा रहेको ‘खोलिभित्र लेउ’ बोलको गीतलाई अनिल अधिकारीले सँगीत गर्नुभएको हो । प्रिज्मा रेकर्डिङ स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज कृष्ण विश्वकर्माले गर्नु भएको हो । ७ मिनेटको उक्त भिडियोमा मोडलकारुपमा गायक सम्राट र मोडल सुज्यान सिलवाललगायतकाले अभिनय गर्नु भएको उक्त भिडियोलाई निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्यालले गर्नुभएको हो ।

TMart