चेम्बरको आग्रहमा लमहीका एक घरबेटी द्वारा घरभाडामा छुट

टेकबहादुर पुन

दाङ, असार ११ । लमहीका एक युवा ब्यबसायीले आफ्नो घरको सटर भाडामा लिई ब्यबसाय गर्दै आईरहेका ब्यापारी हरुको घरभाडा छुट गरिदिने घोषणा गरेका छन् ।

DG Mobile Dang

लमही नगरपालिका वडा नम्बर ५ निवासी बिरबहादुर खड्काले आफ्नो घरमा ब्यबसाय गर्दै आईरहेका व्यापारी हरुको पिरमर्का बुझी घर भाडा नै छुट गरिदिने घोषणा गरेका हुन् । उनले लकडाउनमा व्यापारी हरु अत्यन्तै पिरमर्कामा रहेको भन्दै १ महिना १५ दिनको घरभाडा नलिने बताए । ‘ब्यापारीको पिरमर्का बुझ्नुपर्छ, लकडाउनमा ब्यापारीको अबस्था दयनिय बनेको छ खड्काले भने-आखिर म पनि एक व्यापारी हो, एक ब्यापारीले अर्को ब्यापारीको पिरमर्का बुझ्नुपर्छ ।’


उनी स्वर्गद्वारी सप्लायर्स द्वारा ब्यबसायी गरिरहेका युवा व्यबसायी हुन् । लमही चेम्बर अफ कमर्सका साधारण सदस्य समेत रहेका खड्काले चेम्बरकै आग्रहमा भाडा छुट गरिदिएको जानकारी दिए ।

उता खड्काकै घरमा व्यापार ब्यबसाय गर्दै आईरहेका कपडा व्यापारी बिमल चौधरीले ब्यापार शून्य रहेको अबस्थामा घरबेटीले कोठाभाडा छुट गरिदिएकोमा खुसी ब्यक्त गरे । ‘उहाँको घरमा रहेका हामी जस्ता धेरै ब्यापारीको कोठा भाडा छुट भएको छ चौधरीले भने-हामी जस्ता ब्यापारीको पिरमर्का बुझ्नुहुने घरबेटीलाई धन्यबाद छ ।’

यो भन्दा अघि लमहीमा अन्य घरबेटीले कोठाभाडा छुट दिएको खबर सार्बजनिक भएको छैन । सम्भब त लमहीमा ब्यबसायीको पिरमर्का बुझी घरभाडा छुट गरिदिने वीर बहादुर खड्का पहिलो हुनुहुन्छ ।