दाङमा प्रथम सहिद लखन कप प्रतियोगीता हुदै

Advertise with us


घोराही, १७ माघ । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

Buddha International Hospital
Advertise with us

दाङको घोराहीस्थित भरतपुर खेल मैदानमा हुने प्रतियोगीतामा सहभागीता जनाउन नेपाल मगर संघ दाङले सबैमा आग्रह गरेको छ । जिल्लाका खेलाडी मात्रै सहभागी हुने प्रतियोगीतामा सरकारी निकायमा दर्ता भएको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने फुटबल क्लबले १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाण प्राप्त गर्ने छ ।

नकआउट चरणमा हुने प्रतियोगितामा दोस्रो हुने फुटबल क्लबले नगद ५५ हजार ५५५, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने तेस्रो र चौथो हुने फुटबल क्लबले नगद १५÷१५ हजार, प्रमाण प्राप्त गर्ने प्रतियोगिता उपसमितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

 

यसैबीच प्रतियोगिता उपसमितिले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेको छ । फुटबल प्रतियोगिता उपसमितिका संयोजक मुक्त बुढा मगरको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता एवं खेलकुद बिकास समिति दाङका कोषाध्यक्ष कैलाश रोका मगरको बिशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

सदस्य सचिब नरेन्द्र पुनको स्वागत मन्तब्यबाट सुरु भएको पत्रकार सम्मेलनको सञ्चालन सञ्चार संयोजक प्रेमबहादुर राम्जाले गर्नुभएको थियो ।