धारपानीमा महायज्ञ सफल बनाउन पत्रकारहरुसंग आग्रह


सन्तोष अधिकारी
दाङ, १७ माघ । नेपालकै प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीले आयोजना गर्न थालेको महायज्ञको प्रचारप्रसारलाई तिव्रता दिएको छ । प्रचारप्रसारकै क्रममा श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञका २०७५ का वारेमा जानकारी दिने उदेश्यले विहिवार जिल्लाका पत्रकारहरुसंग छलफल गरीएको हो ।

Advertise with us


पाण्डेवेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्न पाँचलाख पर्यटक तथा भक्तजनहरु सहभागी गराउने उदेश्यका साथ आयोजना गर्न थालीएको महायज्ञलाई सफल वनाउनको लागि पत्रकारहरुसंग मुल आयोजक समितिले आग्रह समेत गरेको छ । ज्ञान महायज्ञका निर्देशक तथा पाँच नं प्रदेशका प्रदेश सभाषद् अमरबहादुर डाँगीले धारपानीलाई जिल्लाका अन्य धार्मिक पिठहरुसंग जोड्ने सर्किटको रुपमा विकाशगर्न खोजीएको बताए । धारपानी मन्दिर व्यवस्थापन समितिले बनाउनलागेको गुरुयोजनामा देउखुरीको बागरवावा, धारपानी, गोरक्ष रत्ननाथ मन्दिर हुदै प्युठानको स्वर्गद्धारी जोड्ने सर्किट उल्लेख भएकोले यो ज्ञान महायज्ञलाई सफल वनाउन उनले आग्रह गरेका छन् ।

Buddha International Hospital

अहिले सम्म समुदायस्तरवाट नै लगानीगरी नेपाल तथा विश्वमै परिचित धारपानी धामको योजनाले दाङवासी परिचत भएको बताउदै सभाषद् डाँगीले महायज्ञमा पाँच नम्वर प्रदेशभरीवाट पर्यटक तथा भक्तजनहरु सहभागी गराउनेगरी लाग्न पत्रकारहरुसंग आग्रह गरेकाछन् ।


पाण्डवेश्वर मन्दिर धारपानीको पुर्वाधार विकाश र वृहत आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालीएको हो । स्वधर्म र स्व सस्कृतिको संरक्षण र विकाशका लागि आधुनिक गौशाला निर्माण गर्ने, गुरुकुलको माध्यमबाट आफ्नो प्राचिन संस्कृतिको जगेर्ना तथा वेद वेदाङ्गको पठनपाठन गराउने, पाण्डवेश्वर धार्मिक वनभित्र तपोयोगको विशिष्टता प्रबद्र्धन गर्न ध्यान केन्द्रको स्थापना गराउने, सिंगो दाङ उपत्यकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि महायज्ञ आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । धारापानी मन्दिरले बृहत्त उदेश्य लिएर आयोना गर्न थालेको महायज्ञलाई सफल बनाउन जिल्लाका पत्रकारहरुले प्रतिवद्धता समेत जनाएका छन् ।

छलफल कार्यक्रममा जिल्ला वाहिरवाट आउने पत्रकारहरुलाई धारपानी मन्दिरसम्म पु¥याउन यातायातका सवारीसाधनहरुलाई सवैको पहँचमा पु¥र्याउनु पर्ने, जिल्ला वाहिरका पर्यटक तथा धर्मावलम्विहरुले सहजै सम्पर्क गर्न सकुन भन्ने उदेश्यले घोराहीमा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए । त्यस्तै धार्मिक महोत्सव लगाउने स्थानमा सुरक्षा व्यवस्था, ट्राफिक सहजता लगाएतका विषयमा पत्रकारहरुले सुझाएका थिए ।

पत्रकारहरुका सुझाव तथा जिज्ञासाको जवाफ दिदै मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ सञ्चालन मुल समितिका महासचिव विष्णुराम आचार्यले सम्पर्क कार्यालय खोलीसकीएको र अन्य कामहरु क्रमस हुदै जाने बताएका थिए ।

विश्वकै अग्लो त्रिशुल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजनाहुन लागेको महायज्ञमा वाचनप्रवीण पंडित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचनहुने आयोजकले जनाएको छ । महायज्ञ आउदो फागुन ११ गते देखी १८ गते सम्म सञ्चालनहुने महायज्ञ मुल आयोजक समितिले जानकारी दिएको छ ।

Advertise with us