सम्राट र मेलिनाको स्वरमा नयाँ गीत आउँदै

दाङ, असार ८ । युवा गायक सम्राट चौलागाईले पछिल्ला दिनहरुमा एकपछि अर्को गीत निकालि रहनुभएको छ । चर्चित गायिक मेलिना राईसँग उहाँले लोकपप गीत बजारमा ल्याउने तयारी गरिरहनु भएको छ । आफ्नै युट्युब च्यानलमा यही शुक्रबार भिडियो रिलिज गर्ने गरेर गीतको छायांकन र अडियोमा बाजाहरु राख्ने काम भैरहेको छ । सिन्धुपालचोक घर भएपनि हाल काठमाडौं कालोपुलमा बस्ने सम्राटले अहिलेसम्म ४० वटाजति गीतहरु गाई सक्नुभएको छ ।

करिब एकदर्जन जति गीतहरु युट्युबमा समेत आइसकेको बताउने सम्राटले हालसम्म भिडियोका हिसाबले चर्चित नायीका मिथिल्ला शर्मासँग आमा बोलको गीतमा काम गरिसक्नु भएको छ । आफ्ना अधिकांश गीतहरुमा आफै मोडलिङ समेत गर्ने सम्राट हेर्दा पनि हेन्सी हुनुहुन्छ । गायीका समीक्षा अधिकारी, एलिना चौहानलगायतसँग काम गरिसक्नु भएका सम्राटले यस पटक चर्चित गायिका मेलिना राइसँग नयाँ गीत लिएर बजारमा आउने तयारी गर्नुभएको छ ।

DG Mobile Dang

पत्रकार तथा साहित्यकार सविन प्रियासनको शव्दमा रहेको ‘छाता ओढ्नु’ बोलको गीतलाई अनिल अधिकारीले सँगीत गर्नुभएको छ । प्रिज्मा रेकर्डिङ स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज कृष्ण विश्वकर्माले गर्नु भएको हो ।

आमा लालकुमारी र बुबा झम्क प्रसादको कान्छो छोराकारुपमा जन्मिनु भएका स्रमाटले पनि नयाँ गीतको भिडियोमा अभिनय गर्नु भएको छ । घरको साथसहयोग बाटै यहाँसम्म आइपुगेको बताउने सम्राटलाई गीतको भिडियोमा मोडल सुजेन सिलवालले साथ दिनुभएको छ । बालाजुको सुटिङ स्टुडियोमा छायांकन गरिएको भिडियोको निर्देशन सुरेन बसेलले गर्नु भएको छ । चर्चित क्यामराम्यान बुद्ध थापाले उक्त भिडियोलाई छायांकन गर्नु भएको हो ।

गीतको शव्द, सँगीत उत्कृष्ट लागेपछि यो गीतले आफूलाई गीतसँगीतको दुनियाँमा थप पहिचान दिने विश्वासका साथ भिडियो निर्माणमा समेत लागि परेको बताउने सम्राटले भविष्यमा यसै क्षेत्रमा आफूलाई समर्पित बनाउने योजना बनाउनुभएको छ । सामाजिक कार्यहरुलाई समेत अगाडी बढाई रहनुभएका सम्राटले लकडाउन अबधिमा थुप्रै व्यक्तिहरुलाई राहत सहयोग गर्नुभएको छ ।

यही शुक्रबार आफूले गाएको अनि भिडियोमा समेत खेलेको नयाँ गीत आफ्नै नामको युट्युब च्यानलमा रिलिज गर्ने तयारीमा जुट्नु भएका सम्राटले यसरी नै आफ्नो लगाब कायम राखेमा गीतसँगीतको क्षेत्रमा धेरै माथि जान सक्ने विश्लेषकहरुको भनाइँ छ ।