रासायनिक मलको अभाव

लक्ष्मण विश्वकर्मा

Buddha International Hospital

तुलसीपुर, माघ । दाङ लगाएत देशैभर रासायनिक मलको अभाव हुँदा किसानहरु मर्कामा परेका छन् । लगाएको गहुँ, मसुरो, आलु र तोरी जस्ता बालीमा रासायनिक मल हाल्ने समय हुदा मलको अभाव भएको हो ।

Advertise with us

हिउदे वर्षा भएसंगै हर्षित भएका किसानहरु युरिया मल नपाएपछि चिन्तित बनेका हुन् । दाङमा विगत एक महिना देखी युरिया मलको अभाव भएको छ । खेतबारीमा लगाएको बालीमा मल हाल्ने समयमा मल नहालेपछि उत्पादन कम हुने भन्दै किसानहरु चिन्तित बनेका छन् ।

जिल्लामा सहुलियत दरको मल बिक्री गदै आएका कृषि सामाग्री कम्पनि लिमिटेड र साल्ट टेडिङ कर्पोरेशनले देशैभरको समस्या भएको बताएका छन् । कार्यालयहरुमा विगत एक महिना देखि मलको अभाव भएको बताईएको छ । यता कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तुलसीपुरले अवको एक सातामा मल आईपुग्ने बताएको छ ।

कार्यालयका प्रमुख तिर्थराज न्यौपानेले देशैभरीको समस्या भएको बताउदै नारायणी पश्चिम तर्फ विगत एक महिना देखि र नारायणी पुर्वमा एक साता देखि मल अभाव भएको बताउनुभयो । उहाका अनुसार कोलकत्ताबाट ल्याईने मल लोड भएको र आफुहरुले भैरहवा कार्यालयमा निरन्तर सम्पर्क गरिराखेको हुदा अवको केहि दिनमै दाङमा मल आईपुग्ने छ ।

यसरी पटकपटक मल अभाव हुनुको कारण पर्याप्त अनुदान नपाउनु र कोलकत्तामा लोड गर्ने नम्वर ढिलाई हुनुले मल अभाव हुने अवस्था आउने गरेको बताईएको छ ।

Advertise with us