निर्माण व्यवसायीलाई सम्मान

दाङ, माघ  । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ निर्माण व्यवसायीका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम दाङ निर्माण व्यवसायीका अध्यक्ष इश्वरवहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।

Buddha International Hospital

Advertise with us

कार्यक्रममा वोल्दै अध्यक्ष पुनले राज्यले सहज निर्माणको वातावरण वनाउनुपर्ने बताउनुभयो । निर्माण कार्य ढिला हुनुमा व्यवसायीको मात्र नभइ राज्यको कारणले पनि ढिला हुने गरेको उहाको भनाइ रहेको छ । राज्यको कारणले ढिला भए पनि व्यवसायीहरुले गाली खाने गरेको बताउनुभयो ।

त्यस अवसरमा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे लगाएतकाले बोल्नु भएको थियो ।

संघका उद्योग उपाध्यक्ष वसन्त जोशीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन बाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।