बास्केट बल प्रतियोगीता शुरु

घोराही, माघ  । लाइन्स क्लव अफ दाङ गुरुकूलको आयोजनामा बुधबार देखि घोराहीमा अन्तर विद्यालयीय स्तरिय बास्केट बल प्रतियोगिता शुरु भएको छ । विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक औपचारीक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

Buddha International Hospital

Advertise with us

गुरुकूल एकेडेमीका प्रिन्सीपल टिकाजंग वि.क.को अध्यक्षता एवम विद्यालयका अध्यक्ष अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको थियो । प्रतियोगितामा घोराहीमा रहेका ७ वटा सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाएका छन् । जसमा गुरुकूल एकेडेमी, पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालय, गोर्खा बोर्डिङ स्कूल, शान्ती सुधा बोर्डिङ स्कूल, पर्ल एकेडेमी, प्रहरी बोर्डिङ स्कूल र डिभाइङ स्कूलले सहभागिता जनाएका छन् ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै विद्यालयका प्रध्यानाध्यापक टिकाजंग वि.कले यो अन्तर विद्यालयीय बास्केट बल प्रतियोगिता तीन दिनसम्म चल्ले बताउनुभयो । सबै खेल नकाउट सिस्टममा हुनेका साथै सेमी फाइनल खेल १७ गते र फाइनल खेल १८ गते हुने उनको भनाई थियो । र, खेलमा १० कक्षा सम्मका विद्यालयहरुले भाग लिन पाउँने बताउनुभयो ।

दाङ जिल्ला बास्केट बल एशोसिएसनका सह–सचिव दिपक रोका र कोषाध्यक्ष केशभ रोकाले खेलमा रेफ्रीको भूमिका निर्वाह गरिहरको छन्

४ वटा विद्यालय सेमिफाईनलमा प्रवेश

लाइन्स क्लव अफ दाङ गुरुकूलको आयोजनमा शुरु भएको बास्केट बल प्रतियोगितामा बुधवार भएको खेलमा चार वटा विद्यालयहरु सेमिफाईनलमा प्रवेश गरेका छन् ।

जसमा गुरुकूल एकेडेमीले पर्ल एकेडेमीलाई (९१–११) अर्थात ८० स्कोरको फरकले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयले डिभाइङ स्कूललाई (५९– ४) अर्थात ५५ स्कोरको फरकले पराजित गर्दै र गोर्खा बोर्डिङ स्कूलले नेपाल पोलिस स्कूललाई (५६–११) अर्थात ४५ स्कोरको फरकले पराजित गर्दै सेमिफाईलनमा प्रवेश गरेका हुन् । साथै शान्ति सुधा बोर्डिङ स्कूलको प्रतिस्पर्धी टिम नभएकै कारणले सिधै सेमिफाइनलमा प्रवेश गरेको हो ।

विद्यालयको प्रिन्सिपल टिकाजंग वि.क.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गुरुकूल एकेडेमीका शिक्षक मुकुन्द घिमिरेले गर्नुभएको थियो ।

Advertise with us