भरुवा बन्दुक सहित चार जना पक्राउ

Advertise with us

 

Buddha International Hospital

शिवु खनाल

Advertise with us
दाङ, १७ माघ | दाङको गढवामा भरुवा बन्दुक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी राजु वि.क सोही ठाउँ निवासी ईन्द्रप्रसाद चोधरी, सोही ठाउँ निवासी कृष्ण चौधरी र राजपुर गाउँपालिका वडा नम्बर १ कटबेरुवा निवासी केशरसिंह घर्तीलाई ज्योती सामुदायिक मटिरीया वन भित्रबाट पक्राउ गढवा सव डिभिजन कार्यालयका सहायक वन अधिकृत शिव कुमार महतोले जानकारी दिनुभयो ।


चोरी शिकारीमा सलग्न भएकाहरुका सात बाट लोड गरिएको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने ठुलो छर्रा आठ, गोटा कैँची २ गोटा, गुलेलि पेच्कस १–१ थान, लाम्चो छर्रा ९ गोटा, सानो छर्रा ३ सय १२ गोटा, केप १ गोटा, केपमा प्रयोग हुने सिल्भर पत्ता सानो र ठुलो २–२ थान, पत्ता वारुद १२ रोल र खुल्ला बारुद १ सय ७७ ग्राम बरामद गरिएको छ सव डिभिजिन कार्यालय गढवाले जानकारी दिएको छ ।

बरामद गरिएको भरुवा बन्दुक र चोरी शिकारीमा सलग्नहरुलाई कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यलय गढवामा पठाइएको छ ।