कृषकलाई तालिम मुखि बनाउदै लमही नगरपालिका

Advertise with us


शिवु खनाल
देउखुरी, १७ माघ | लमही नगरपालिका वडा नम्बर ६ छुट्कीमहारवा मनिराम थापाले बंगुर व्यवसायि गर्दै आउनु भएको छ । थापाले करिब आठ वर्ष भयो बंगुर व्यवसायि गर्दै आएको तर, थापाले बंगुर पालन व्यवसायि सम्बन्भि कुनै पनि तालिम नलिइ आफुले बंगुर पालन व्यवसायि सुरु नगरेको बताउनुभयो ।

Advertise with us


सुरुमा मैले यो व्यवसायि अंगाल्दा तालिम प्राप्त थिएन, आज लमही नगरपालिका पशु सेवा उपशाखाले आयोजना गरेको तालिममा पहिलो पटक सहभागि हुन पाउदा खुसि लागेको बताउनुभयो । औषधी उपचार देखि लिएर दानापानी सन्तसलित रुपले दिने, खोर व्यवस्थापन, सरसफाई अन्य विभिन्न कुराहरु तालिममा सिकियो, कृषक मनिराम थापाले भन्नुभयो ।

Buddha International Hospital


यस्तै लमही नगरपालिका वडा नम्बर एक सुन्डबरी निवासी शान्ता चौधरीले पनि कुनै तालिम नलिइ बंगुर व्यवसायि सुरु गरेको बताउनुभयो । चौधरीले बंगुर व्यवसायि सुरु गरेको करिब तिन वर्ष भयो, अहिले सम्म कुनै पनि तालिममा सहभागि भएको थिएन, पहिलो पटक तालिममा सहभागि भएको बताउनुभयो । धेरै खुसि लाग्यो ।,

यस्तै लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले कृषकहरुलाई तालिम लिइ व्यवसायिकरण बन्न आग्रह गर्नु भएको छ । बेल्वासेले कृषकहरुलाई अव नयाँ शैलिबाट अगाडि बढाउने र यसका लागि लमही नगरपालिकाले विभिन्न शिर्षकमा तालिम सञ्चालन गर्ने बताउनुभयो ।

लमही नगरपालिका प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डागिँले कृषकहरुलाई तालिम लिइ सकेपछि व्यवसायिकरण र व्यवसायिमा नजिता मुखि बन्न आग्रह गर्नुभयो । डागिँले कृषकहरुको क्षेत्रमा आफुले काम गर्ने बताउनुभयो ।

लमही नगरपालिका पशु सेवा उपशाखाको आयोजनामा गरिएको थियो । तालिममा लमही नगरपालिका वडा नम्बर एक देखि नौ नम्बर वडाहरू बाट तीन तीन जनाकादरले कृषकहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने रहनु भएको छ । तालिमको सहजिकरण पत्रकार प्रिया स्मृति गजमेरले गर्नु भएको थियो ।