छोराछोरी विद्यालय पठाउन विपन्न परिवारलाई उन्नत बाख्रा वितरण


रोल्पा, १६ माघ । रोल्पामा विपन्न तथा जोखिममा परेका बालबालिकाहरुका परिवारहरुको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाका सातै वडाहरुमा १ सय २५ बाख्रा तथा बोका वितरण गरिएको हो ।


Advertise with us
त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले संचालन गर्दै आएको एकीकृत परियोजना अन्तरगत विभिन्न कारणले जोखिमका रहेका बालबालिकाहरुको परिवार तथा विपन्न परिवारलाई बाख्रा तथा बोका वितरण गरिएको हुरेकले जनाएको छ ।

Buddha International Hospital

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयहरुमा नियमित पढाउन, बालश्रममा परेका बालबालिकाहरुलाई बालश्रम मुक्त बनाउन, अति विपन्न परिवारको जीविकोपार्जनमा सुधार ल्याउन ती बाख्राहरु वितरण गरिएको कार्यक्रम धरेन्द्र डाँगीले बताए ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले विपन्न परिवारलाई बाख्रा वितरण गर्दै आम्दानीमा सुधार गरी बालबालिकाहरुलाई विद्यालयमा पठाउन अनुरोध गरे । ‘नेपाल सरकारले आधारभूत शिक्षा (कम्तीमा कक्षा ८) सम्म अनिवार्य विद्यालयमा पढाउनुपर्ने संविधानमै व्यवस्था गरेकोले आप्mना छोराछोरी नपढाएमा कारवाही हुने व्यवस्था छ ।’ उनले भने, ‘जीविकोपार्जनका लागि सहयोग पाएकाहरुमध्येले राम्रो गरेमा पुरस्कृत गरिने र छोराछोरी नपढाएर वेवास्ता गरेमा गाउँपालिकाबाट पाउने सुविधाबाट समेत बञ्चित गर्न सकिने बताए ।’


जीविकोपार्जन कार्यक्रम अन्तरगत १ सय २० वटा पचास प्रतिशत बोयर जातका बाख्रा र ५ वटा पच्चहत्तर प्रतिशत बोका त्रिवेणी गाउँपालिका सातै वडाका ५५ घरपरिवारलाई वितरण गरिएको हो । सो अन्तरगत ५० घरपरिवारलाई २÷२ वटा बाख्रा, ३ परिवारलाई २÷२ वटा बाख्रा र १÷१ वटा बोका तथा २ घरपरिवारलाई नमूना प्रदर्शन समेत गरी ७÷७ वटा बाख्रा र १÷१ वटा बाख्रा वितरण गरिएको हुरेक रोल्पाका जीविकोपार्जन अधिकृत डा. आशिष निरौलाले बताए । सातै वडाका केन्द्रहरुबाट तीन बाख्राहरु वितरण गरिएको हो ।

‘छोराछोरी हुर्काउन र पढाउन समस्या भएको छ बाख्रा पाएपछि परिवारमा केही सजिलो बनाउनेछ ।’ बाख्रा पाएपछि त्रिवेणी ५ की कली वलीले खुसी व्यक्त गरिन् ।

निःशुल्क रुपमा वितरण गरिएका ती बाख्राहरुको लागि खोर निर्माण तथा व्यवस्थापनका लागि हुरेकले रु ६÷६ हजार रकम समेत उपलब्ध गराएको छ । पशुविकास सुधारका लागि पशु प्राविधिकहरुले नियमित रुपमा सहजीकरण समेत गर्दै आएका छन् । पशु विकास र सुधार मार्फत परिवारको आम्दानीमा सुधार गरी बालबालिकाहरुको आधारभूत अधिकारको सुनिश्चित गर्न यस्ताखाले सहयोग गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक इन्द्र बडुवालले बताए ।

विगत दुई वर्षदेखि त्रिवेणी गाउँपालिकामा हुरेक रोल्पाले बालबालिकाहरुको अधिकार संरक्षणका लागि शिक्षा, बाल संरक्षण र जीविकोपार्जन कार्यक्रम संचालन गर्दै आएको छ ।