मालिक हुने चाहानामा गाइपालन

Advertise with us

पार्वती बस्नेत

Buddha International Hospital

Advertise with us

‘अरुको आरामिल(काठ उद्योग) मा काम गर्दा श्रम धेरै पैसा थोरै हुन्थ्यो ।’ लमही नर्तिका ओमनारायण चौधरीसँगले भने ‘अझ त्यस माथि साहुको हप्कीदप्की त सहनै गाह्रो ।’ कुनै समय अर्कैको आरा मिलमा काम गर्ने ओमनारायण चौधरीलाई चर्को स्वरले अरुले अह्राएको काम गर्न मन लागेन ।
त्यो भन्दा पनि ठुलो कुरा आफ्नै काममा आफै मालिक हुने तिव्र इच्छा जाग्यो । त्यही चाहानालाई पुरा गर्न उनी व्यवसायिक गाइ पालन तर्फ लागे । ‘अहिले लाग्छ जे निर्णय गरे सहि गरेको रहेछु ।’
उनलाई आफै आत्म निर्भर हुन हुटहुटीले गाइ पालन थालेका चौधरीले वि.स.२०७४सालमा मानसरोवर कृषि फार्म दर्ता गरेर आफनो व्यावसायीक गाइपालनको सुरुवात गरे । गाइपालनका लागि आट भए पनि उनीसँग पैसा थिएन । त्यसैले लक्ष्मी विकास बैंकबाट ४लाख ऋण निकालेर ५वटा गाईबाट व्यवसाय थाले । करिव डेढबर्षको अवधीमा उनको फार्ममा १ भैसी, ७ गाई र ५ बाछाबाच्छी छन् ।
दुध बेचेरै चौधरीले मासिक रुपमा ६५ हजार रुपैयासम्म आम्दानी हुन्छ । ३२ बर्षका चौधरीले एक दशक जति त आरामिल मै विताए । पहिले र अहिलेको काम र अवस्था सम्झदै उनी भन्छन ‘अरुको काम गरे नोकेर, आफ्नो काम गरे मालिक भैइदो रहेछ भन्ने लाग्छ ।’
आफुले यो व्यवसाय सुरुगर्छु भन्दा साथि, छरछिमेक र घरपरिवारले समेत गाली गरेका थिए । हुदाँखादाको काम छोडेर किन गाइ पाल्ने भन्ने सबैको आसय थियो । तर उनले दृढ इच्छाशक्ति लिएर यो व्यवसाय छनोट गरे ।
आफै मालिक बन्ने सपना बोकेर लगनशिल र मिहनेतका साथ बिहान ४ बजेदेखी गोठमा गाई भैसीसँगै रमाएर काम गर्न थालेपछि उनको परिवारले पनि साथ र सहयोग गर्न थालेको चौधरीले बताउछन ।


आफ्नो व्यवसायलाई अझ अघि बढाउनका लागी उनका श्रीमती श्रुति चौधरीले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकि छन । आफनो श्रीमान्ले शुरु गरेको गाई फार्मलाई अझ थप उचाइमा पु¥याउनका लागी आफुले सक्दो सहयोग गर्दै आएका उहाँ बताउनुहुन्छ ।
त्यसो त श्रुतिलाई पनि आफ्नै क्षेत्रमा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था. लिमिटेडले न्युन व्याजमा विना धितो ऋण दिएर थप गाई तथा जग्गा भाडामा लिएर घाँस खेति गर्नका लागी सहयोग गरेको जानकारी दिइन ।
आफनो उमेरका सबै साथिहरु बैदेशिक रोजगारमा पुगेको बताउने चौधरीले आफुले व्यवसायिक योजना सहितको गाईपालन मै सुन्दर भविष्य देख्ने गरेको सुनाइन । अव उनको ब्यावसायलाई डेरी व्यवसाय भन्ने इच्छा पनि पलाएको छ ।
चौधरीले जस्तै ब्यावसायिक गाईपालनमा सुन्दर भविष्य देख्ने ईन्द्र बहादुर नेपाली र पार्वती नेपालीले पनि ४बाच्छा सहित १२ गाई र २भैसी पाल्दै आएका छन । उनले पनि निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.नर्तिको सिफारिसमा माछापुच्छ्रे बैकंबाट ३लाख ऋण निकालेर आफनो व्यावसाय शुरु गरेका थिए ।
नेपालीले मासिक रुपमा दुध बेचेर ४५हजार रुपैयासम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । कृषि पेशामै आश्रीत नेपाली परिवारले उत्पादन, लगानी भएता पनि दुधको उचित मुल्य नपाउदासम्म किसानहरु मार मै पर्ने गरेको बताउछन ।
पराल, दाना सबै कुराको मुल्य समयसँगै बृद्धि भएतापनि दुधको मुल्य अझैपनि हाम्रो जस्तो सानो ठाँउमा गाई र भैसी हेरेर मुल्य निर्धारण गरिनुले पनि किसानले उचित मुल्य पाउन नसकेको गुनासो गरे । त्यत्तिमात्र होईन् किसानहरुका लागी सरकारले अनुदान उपहार जस्ता परियोजनाका साथै कम भन्दा कम व्याजमा ऋण लगानी गर्न सके किसानहरु उभो लाग्न सक्ने उनी बताउछन । देश कृषिप्रधान भनेता पनि बास्तबिक किसानसम्म कुनैपनि सहयोग नआउने गरेको गुनासोे उनको छ । नेपालीले समृद्ध नेपाल चाहने हो भने वास्तविक किसानमै लगानी हुन आवश्यक रहेको उनको भनाई छ ।