एक ब्यक्ती मृत फेला

रोल्पा,माघ | रोल्पामा हिजो साझ एक ब्यक्ती मृत अबस्थामा फेला परेका छन् । रोल्पा नगरपालिका ४ तितृकोट बस्ने ६५ बर्षिय मदु रावत मृत भेटीएको प्रहरीले बताएको छ ।

Buddha International Hospital

Advertise with us

उनि घर देखी किरब ३० मिटर टाढा भिरालो जमिनमा मृत देखेपछी परिवारले प्रहरीलाई जानकारी गराएका थिए । मृतकको नजिकमा मिनरलवाटरको खाली बोत्तल र मृतकको मुखबाट फिज निकालिएको अबस्थामा मृत रेहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घटनाको खबर पाए लगत्तै जि।प्र।का रोल्पाबाट प्रहरी निरीक्षक लिलाराम आचार्यको कमाण्डमा ८जनाको टोली खटीएको थियो । मृतकको शबलाई जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम पुरा गरी परिवारको जिम्मा लगाईएको छ ।