दाङ निर्माण ब्यवसायि संघमा सपथसंगै पद हस्तान्तरण

घोराही, माघ  । दाङ निर्माण ब्यवसायि संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको छ । निर्वाचन समितिले संघको सभाहलमा मंगलवार एक कार्यक्रमकाविच नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुका साथै वधाई तथा शुभकामना दिएकोे हो ।

Buddha International Hospital

Advertise with us

निर्वाचन समितिका संयोजक कुलबहादुर डाँगिले संघका नव निर्वाचित अध्यक्ष इश्वर पुनलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो भने अध्यक्ष पुनले आफुले सपथ खाएपछि वरीष्ठ उपाध्यक्ष पदमराज शर्मा, प्रथम उपाध्यक्ष सुरेश प्रशाद पोख्रेल, द्वितिय उपाध्यक्ष मिनबहादुर घर्ति, महासचिव शोकबहादुर रोका, सचिव रमेशकुमार केसि, कोषाध्यक्ष सुदर्शन श्रेष्ठ, निरजकुमार कार्कि, प्रकाश केसी, हरिमाया खत्री, रोहित न्यौपानेले, बसन्त कवरले, लक्ष्मण बुढा मगर, मदनकुमार आचार्य, शंकरराज गौतम र भक्तबहादुर बुढालाई सपथ गराउनु भएको थियो ।

निर्वाचन समितिका संयोजक कुलबहादुर डाँगिको अध्यक्षतामा भएको सपथ तथा पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश ५ का अध्यक्ष वलिभद्र रानाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका, अविर, खादा लगाइदिएर सम्मान गर्दै वधाई तथा शुभकामना दिनु भएको थियो । सो अवसरमा निर्वाचित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र पनि दिईएको थियो । कार्यक्रममा पद हस्तान्तरण पनि गरीएको थियो ।

माइन्युट र चावि हस्तान्तरण गरेर नव निर्वाचित अध्यक्ष इश्वर पुन र महासचिव शोकबहादुर रोकालाई पद हस्तान्तरण गरीएको थियो । कार्यक्रममा वोल्दै नव निर्वाचित अध्यक्ष पुनले निर्वाचनलाई भुलेर सम्पुर्ण निर्माण ब्यवसायिहरु एकतावद्ध भएर जानुपर्ने बताउनु भयो ।

उहाले आफ्नो जित सम्पुर्ण दङ्गालि निर्माण ब्यवसायिहरुको भएको भन्दै सबैलाई मिलाएर लैजाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाले निर्माण ब्यवसायिहरुले आफुलाई अध्यक्षमा जिताएर थप जिम्मेवारी वोध गराएको भन्दै निर्माण ब्यवसायिहरुको समग्र हित र विकासका लागि लाग्नुका साथै सदैव गौरववोध गर्ने कार्य गर्ने पनि बताउनु भयो ।

निर्माण ब्यवसायलाई मर्यादीत, स्वच्छरुपमा प्रतिष्पर्धा गर्ने वातावरण बनाउनतर्फ आफुहरु लाग्ने भन्दै निर्माण ब्यवसायका पिर, मर्काका विषयमा आफुले विगतमा पदमा नरहदा पनि आवाज उठाएको र अव पदमा भएपनि थप आवाज उठाउने पनि उहाले बताउनु भयो । अध्यक्ष पुनले आफुलाई अध्यक्षमा निर्वाजित गराउन सहयोग गर्ने सम्पुर्ण निर्माण ब्यवसायि, निर्वाचन समिति, सुरक्षाकर्मि, पत्रकार लगायत शुभेच्छुक सबैमा धन्यवाद पनि दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश अध्यक्ष वलिभद्र रानाले दाङ निर्माण ब्यवसायि संघमा बनेको नयाँ कार्य समिति निर्माण ब्यवसायिको पिर, मर्का बुझेर अघि बढ्ने भन्दै नव निर्वाचीत कार्य समितिलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाले अव विकास निर्माणको नेतृत्व निर्माण ब्यवसायि सघले गर्नुपर्ने भन्दै काम नगर्ने निर्माण ब्यवसायिहरुप्रति संघ कडा बन्न पनि सुझाउनु भयो । उहाले विकासको मेरुदण्डकारुपमा निर्माण ब्यवसायिहरु रहेको भन्दै प्रदेश ५ मा बन्ने निर्माण ब्यवसायिसंग सम्वन्धित कानुनले यस क्षेत्रको नमुनाकोरुपमा विकास गर्न सहयोग गर्ने बताउनु भयो ।

निर्वाचन समिति सदस्य दिपक श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल निर्माण ब्यवसायि महासघका पुर्व केन्द्रिय सदस्य मिनकुमार वलिले नव निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकामना दिदै राम्रा–राम्रा कामहरु गरेर देखाउन र संस्थालाई विधिर पद्धति सम्वतरुपमा अघि बढाउन सुझाउनु भयो । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य मोहन केसिले गर्नु भएको थियो ।