युवालाई पहिचान दिदै छ, च्याउ खेति

रीता लामा

Buddha International Hospital

घोराही, १६ माघ । घोराही १६ तेरौटेका मनिराज पुन हिजोआज जिल्ला मै सफल च्याउ कृषकको रुपमा चिनिएका छन । फेसवुक चलाउदै जादा संजालमा च्याउ खेति सम्बन्धि केही समाचार देखे पछि उनले त्यसलाई खोज्दै गए । च्याउ खेति के कसरी हुदै रैछ भन्ने आफै पत्ता लगाउने प्रयास गरे । च्याउ व्यवसायीमा केही गर्न सकिन्छकी भनेर परिवारको सल्लाह अनुसार काठमान्डौ पुगेर च्याउ खेतिको तालिम लिए ।

Advertise with us


उनी भन्छन ‘च्याउसम्बन्धी तालिम लिन जादा जिल्लामा च्याउ खानु पर्छ भन्ने सोच समेत यहाँका बासिन्दामा थिएन ।’ उनले आफै तालिम लिए । आफै खेति गरे र बेच्न पनि आफै गए । त्यस ताका २३÷२४ बर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जादा सबैले खिसी पनि गरे । ‘यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने, भन्दै सबै जसो हास्नेहरु भेटिए ।’

निरन्तर बेच्न गए पछि च्याउ पारखीको छुट्टै उपभोक्ता बने । उनी सुनाउछन ‘केही यस्ता व्यक्ति पनि भेटिनुभयो । जसले हाम्रो मन राख्न दिन, दैनिक एक पाउ भए पनि च्याउ किनिदिनुभयो । एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाल्नुभयो ।’ क्रमश च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजि हुन थाल्यो । च्याउको बजार पनि बढ्न थाल्यो ।

उनले अहिले दैनिक ४० केजी च्याउ विक्रि गरे । उनले उत्पादन गर्ने गोव्रे (डल्ले) च्याउको मुल्य प्रतिकेजी ५०० रुपैया छ भने कन्ने च्याउ २०० रुपैयामा बेचिरहेका छन ।

उनले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहेका छन । भने एउटा ठुलो टहरा समेत निर्माण गरेका छन । अव दैनिक १०० केजी च्याउ बेच्ने उनको लक्ष्य छ । उनको च्याउ प्युठान र रोल्पा पनि पुगिरहेको छ । भन्छन ‘जनि उत्पादन गरे पनि बजारको माग धान्नै सकिदैन ।’


उनीसँगै अन्य चार जना युवाहरु पनि च्याउ खेतिमा लागेका छन । उनीहरुले च्याउको व्यवस्थापन, बजार प्रतिनीधिको रुपमा काम गरिरहेका छन । च्याउ खेतिको लागि सरकारी स्तरबाट आर्थिक सहयोग नभए पनि हौसला र प्राविधिक सहयोग भने पाइरहेको बताउछन । च्याउ कृषक पुनले अहिले गौमुखी च्याउ तथा कृषि उद्योग नाम दिएर कृषि फर्म दर्ता गरेर व्यवसायीक रुपमै च्याउ व्यवसायमा होमिएका छन ।
यस्तै घोराही १७ डवरीका ऋषिराम चौधरीले पनि च्याउ खेति गर्न थालेको करिव १२ बर्ष भयो । सुरुका दिनमा दैनिक १ केजी पनि विक्न गाह्रो हुने च्याउ अहिले जति पनि विक्ने भएको छ । च्याउबाट राम्रो आम्दानी हुने देखि पछि लामो समय पछि उहाँ निरन्तर च्याउ खेतिमा लागरेका छन । उनी जिल्लामा च्याउ खेति गर्ने र च्याउ फर्म दर्ता गर्ने पहिलो व्यक्ति पनि हुन ।

भन्छन ‘च्याउ खेति गर्न अथाह दुःख र कमाई पनि उस्तै राम्रो छ ।’ चौधरीले कृषि विकास कार्यालयबाट पटक पटक गरि ६ लाख रुपैया अनुदान सहयोग पाइसकेका छन । सरकारी निकायबाट राम्रो सहयोग पाए पछि काम गर्न पनि जागर चलेको उनी सुनाउछन । च्याउ खेतिमा केही समस्या आए फर्म मै आएर वा फोनबाट भए पनि सरकारी प्राविधिकहरुले सहयोग गर्ने गरेका छन ।

भदौ देखि यता पाँच महिनाको बीचमा करिव आठ हजार केजी च्याउ विक्रि गरिसकेका छन । चौधरीको च्याउ खेतिले जीवन बदलिदिएको छ ।


यस्तै घोराही १७ डवरीमा रहेको त्रिशक्ति समुहले पनि सामुहिक रुपमा च्याउ खेति गरेर मनग्य आम्दानी गरिरहेको छन । समुहमा रहेका १० जनाले च्याउ खेतिमा दैनिक रोजगारी समेत पाइरहेको समुहका सचिव भीमकुमार सुवेदीले बताए ।

जिल्लामा स्थापना भएको प्रदेश स्तरिय कृषी ज्ञान केन्द्रका सुचना अधिकृत भरत पोखरेल दाङको घोराहीमा च्याउको खेति निकै राम्रोसँग फस्टाएको बताउछन । बजार पनि नजिक र कृषि कार्यालय पनि नजिक भएको हुदाँ किसानहरुलाई प्राविधिक सहयोग र बजार व्यवस्थापन दुवैमा सहज भएको छ । यस्तै कृषिमा नयाँ सोचको विकास गर्ने भन्दै सरकारले न्याएको कृषि आधुनिकिरण परियोजनाले १ हजार किलो च्याउको विउ खपत गर्ने कृषकलाई प्रति कृषक तीन लाख रुपैया अनुदान दिने गरेको जानकारी दिए ।

अहिले घोराहीमा मात्रै पाँच वटा च्याउका पकेट क्षेत्र संचालनमा आएको र तीन पकेट क्षेत्रका कृषकलाई ज्ञान केन्द्रले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको उनले बताए ।

दाङका विभिन्न स्थानमा गरिएको च्याउ खेतिमा अहिले कृषकहरुले तरकारीको रुपमा च्याउको विक्रि गर्नुको साथै, च्याउको सुकुटी बनाउने, अचार बनाउने, सुपको लागि च्याउको धुलो बनाउने काम गरिरहेका छन ।