शिक्षामा गुणस्तरको खाँचो

कपिल लामिछाने

Buddha International Hospital

दाङ, माघ १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बेलझुण्डीमा रहेको आधारभुत बिद्यालयको शैक्षिक अबस्था र शैक्षिक गुणस्तरका बारेमा अबलोकन गर्दै १ घण्टा कक्षा सञ्चालन समेत गर्नुभएको छ ।

Advertise with us

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ भित्र रहेका बिद्यालयमा के कस्ता किसिमले पढाई भैरहेकाछन् र कति शिक्षकहरुको उपस्थिति छ भनेर हाजिर रजिस्टर समेत जाँच गर्दै हाजिर नगरेका शिक्षकहरुको नाममा वडा अध्यक्षले रातो लगाएर उनिहरुको हाजिर रद्ध समेत गर्नुभएको थियो ।

कक्षा ७ का बिद्यार्थीहरुलाई कम्प्युटर बिषयमा पढाउदै वडा अध्यक्ष वलीले उनिहरुको गुणस्तरमा अझै बृद्धि गर्न शिक्षकहरुले नियमित रुपमा कक्षा सञ्चालनमा जोड दिनुपर्ने र नियमित रुपमा उपस्थित भई बिद्यार्थीको सर्वाङ्गीण बिकासका लागी अन्य बिभिन्न किसिममा अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुपर्ने कुरा उल्लेख गर्नुभयो । नियमित रुपमा बिद्यालयहरुको अवलोकन गर्ने क्रममा वडा अध्यक्ष वलीले प्रत्येक हप्ता वडाभित्रका बिभिन्न बिद्यालयमा कक्षा सञ्चालन गर्दै आउनु भएको छ ।

आधारभुत बिद्यालयकी सहायक प्रधानाध्यापक दुर्गा रिजालले वडा भित्र रहेका बिद्यालय वडाले हरेक हप्ता नभए पनि हरेक महिना अवलोकन गर्दा बिद्यार्थीहरूमा पढ्ने जाँगर पलाउने बताउनुभयो । शिक्षकलाई पनि राम्रो शिक्षा दिने र नियमित बिद्यालय आउने बातावरण हुने उहाँको भनाई छ ।

Advertise with us