राप्तीमा विद्यालयको अनुगमन

Advertise with us

Buddha International Hospital

राप्ती गाउँपालिका गाउँकार्यपालिकाले विद्यालयहरुमा अनुगमन सुरु गर्दै आईरहेको अवस्थामा आईतवार शंकर माध्यामिक विद्यालय पीपरी तथा नुतन प्रावि सिङ्गेको अनुगमन गरिएको छ ।

Advertise with us
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसाल, प्रवक्ता विद्याशरण चौधरी, शिक्षा शाखा संयोजक राजेन्द्र घिमीरे, सञ्चार संयोजक लगायतको अनुगमनमा सहभागीता रहेको थियो ।
विद्यालयको शैक्षिक अवस्था, विद्यालयको व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थी शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि गाँउपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिए ।
अधिकृत भुसालका अनुसार राप्ती गाउँपालिका भित्रका सरकारी विद्यालयका सम्पुर्ण प्रधानाध्यापकहरुलाई सोमवार विहान ७ बजे गाउँपालिकामा बैठकको आव्हान गरिएको र सो बैठकमा विद्यालयको शैक्षिक अवस्था, विद्यालयको व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्याथीको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि आग्रह गरिने समेत बताईएको छ ।
अनुगमनको क्रममा कक्षागत रुपमा विद्यार्थीसंग सोधपुछ समेत गरिएको छ । शिक्षकको नियमीतता, पोशाक, शिक्षकको शैक्षिक योजना, विद्यालय क्षेत्रको सरसफाई, लगाएको विषयमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग छलफल गरिएको थियो ।