गायक भुपु पाण्डेको नयाँ गित छोटो छ जिन्दगी फोटो खिचेर राख सार्वजनिक

ओमप्रकाश गुप्ता

सिसहनियाँ २८ जेठ । गायक भुपु पाण्डेको नयाँ गित छोटो छ जिन्दगी फोटो खिचेर राख सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतीनगर सिसहनियाँ कमलरोड निवासी पाण्डेको आफ्नै युटुव च्यानलमा मंगलबार सो गित सार्वजनिक भएको हो । गितमा संगित-स्वर र अभिनय पाण्डेले गरेका छन् भने उनलाई झापाली गायिका मेलिना मैनालीले साथ दिएकी छिन।

DG Mobile Dang

सुदुर पश्चिमको अछाम जिल्ला र भारतको राजस्थानको मरुभूमिमा गीतको छायांकन गरिएको छ । गितमा हाम्रा बाउ बाजेहरुको पालामा देखिने दृश्य जस्तै भर्खरै बिहे गरेर विदेशिनु पर्दाको पिडा, बिहेमा निधारमा लगाएको टिका मेटिन नपाउदै छुटेको पति पत्नीको साथ, एउटा फोटो हेरेर वर्षौ वर्ष बाटोकुरी घरमा दिन रात रुदै टोलाउदै बस्नु पर्ने श्रीमतीको त्यो तड्पाईलाई ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको यस गीतले हुबहु प्रस्तुत गरको देखिन्छ । यो गीत, गीत मात्र नभएर एउटा सत्य कथा पनि हो ।

आफ्ना जहान केटा केटिको याद मेटाउन फोटा हेर्दै बिदेशी भूमिमा पसिना बगाएर काम गर्ने हरेक नेपालीहरुको कथा बोकेको छ यस गीतले त्यसैले पनि हरेक प्रेमिल जोडीहरु, विदेशमा भएका नेपालीहरुका साथै पुराना पुस्ताहरु माझ यो गीतले राम्रै साथ पाउने देखिन्छ । ‘मेघ मल्हार’ रागमा तयार पारिएको गीतमा पश्चिम नेपाल र समग्र नेपालको यथार्थ चित्रण गर्न खोजिएको छ।

यो गीतमा ८० प्रतिशत नेपाली रोजगारीको लागि भारत जाने सदीयौं देखिको चलनलाई देखाउन पनि खोजिएको छ । दङ्गाली साहित्यकार नारायण नेपालको शव्द, योगेश दाहालको छायांकन, मनोज कार्कीको सम्पादन, श्याम कुँवरको रंग र पवन सिंखडा रचनात्मक प्रमुखका रुपमा रहेर काम गरेका छन् । भने भूपू पाण्डे र उषा उप्रेतीको अभिनय रहेको यो भिडियोमा निर्देशन सागर बाबू भट्टले डेब्यू गरेका छन् ।

पछिल्लो समय चर्चामा आउन सुरु गरेका पाण्डेले करिव ४०-४५ वटा गित रेकडीङ भएका छन् भने करिव १५ वटा भिडियो सहितको गित बजारमा आइसकेका छन् ।

उनले गाएका गित मध्य चम्पा,छाता,जेपिटी मेरो वालमा ट्याक नगर,नरिसाउ न मालती,आयो रे सावन आयो, मरेको लास लगायतका गित स्रोता तथा दर्शकले मन पराएका छन् ।