‘कोरोना संक्रमणबाट जोगिदै सेवा दिईरहेका छौँ ।’

दाङ, जेठ २७ । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु हो । इन्टरनेट जसले संसारलाई एउटा गाउँमा सीमित गर्दै छ । विश्वका थुप्रै मुलुकहरुले ईन्टरनेटको माध्यमबाट ठुला उपलब्धिहरु हासिल गरेका छन् । नेपालमा पनि केहि दशकदेखि ईन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । ईन्टरनेट विना मानिसहरुको जीवन शैलीको अब परिकल्पना सम्म गर्न सकिदैन ।

सूचनारप्रविधिको युगमा नागरिकको ज्ञान, धन, सीप र उत्पादन मापनको आधार इन्टरनेटमा नागरिकको पहुँचलाई मानिन्छ । इन्टरनेटको पहुँचमा नपुगेको अथवा यस्तो सेवा खरिद गर्न नसक्ने नागरिक सूचनाको अभावमा सधैंका लागि पछि पर्छ भन्ने मान्यताको आधारमा युरोपेली मुलुकहरूले यसलाई आधारभूत अधिकारको रूपमा स्थापित गराएका छन् । नेपालमा पनि अहिले धेरै जसो मानिसहरु ईन्टरनेट मार्फत सुचना तथा प्रविधिसँग जोडिएका छन् । यो क्रम बढ्दो अवस्थामा छ । किनकी अहिले नेपालमा केहि कम्पनीहरुले सेवा दिएका छन् । जस्का कारण ग्रामिण भेगसम्मका मानिसहरु ईन्टरनेटको सहज पहुँचमा छन् । त्यस्तै कम्पनी हो सुविसु ।

DG Mobile Dang

करिव १० वर्ष अगाडीदेखि दाङमा ईन्टरनेट सुविधा दिदै आएको सुविसु कम्पनी अहिले जिल्लामा चर्चित छ । कम्पनीहरु मध्य सबै भन्दा राम्रो सुविधा दिने कम्पनीमा पर्छ । घोराही शाखा प्रमुख सुमित बस्नेतले भन्नुभयो, ‘हामीले जिल्लाबाट सेवा दिन थालेको करिव १० वर्ष हुन थालेको छ, यो विचमा हामीले धेरै मेहनत पनि गरेका छौँ, त्यस अनुसारको प्रतिक्रिया पनि पाएका छौँ ।’ बस्नेतले भन्नुभयो, ‘अहिले घोराहीमा मात्रै दुई हजार भन्दा बढि ग्राहकमा सेवा पु¥याएका छौँ, तुलसीपुरमा पनि एक हजार भन्दा बढि बढि नै हुनुहुन्छ ।’

पछिल्लो समय मानिसहरु इन्टरनेट विनाको जीवनशैली असहज हुने गरेको बस्नेत बताउनु हुन्छ । ‘अहिले मानिसको जीवनशैली नै इन्टरनेट सँग गहिरोगरी जोडिएको छ । विस्तारै मान्छेले ईन्टरनेटको महत्वको बारेमा समेत थाहा पाउँदैछ, त्यसकारण हामी पहिले भन्दा धेरै व्यस्त छौँ, र त्यस अनुसारको सुविधाहरु पनि दिन खोजीरहेका छौँ ।’ घोराही, तुलसीपुर, लमही लगाएत फाईवर पुगेको स्थानमा अहिले सुविसुले सेवा दिदै आएको छ ।

कोरोना संक्रमणको बेला सम्पुर्ण कारोबार ठप्प छ, तर पनि सुविसुले आफ्नो जनशक्ति परिचालन गरेर सेवालाई भने निरन्तरता दिदै आएको छ । ‘हामीले घरबाट दिनुपर्ने सेवा दिदै आएका छौँ भने केहि कर्मचारीहरु फिल्डमा समेत खटिनु भएको छ ।’ बस्नेतले भन्नुभयो, ‘यस्तो बन्दको समयमा धेरै मानिसहरुको समय गुजार्ने एक मात्र माध्यम भनेको नेट हो, त्यस कारणले पनि अहिले नेट जोड्नेहरुको संख्यामा बृद्धि भएको छ, हामीले सक्दो सक्रियता देखाएर सेवा दिईरहेका छौँ ।’ पहिले दैनिक १०÷१५ वटा काम हुन्थ्यो भने अहिले २५ देखि माथि नै जडानका लागि प्रस्ताव आउने गरेको बस्नेतले बताउनुभयो ।

कोरोना संक्रमणको समयलाई मध्य नजर गरेर सुविसुले घोराहीको पद्योदय पब्लीक माविको क्वारेन्टाईनमा निशुल्क इन्टरनेट जोडिएको बस्नेतले बताउनुभयो । ‘हामीले हाम्रो तर्फबाट सक्दो सहुयोग गर्दै आएका छौँ ।’ बस्नेतले भन्नुभयो, ‘क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई समय पास गर्नको लागि सहज होस भन्ने उदेश्यले निशुल्क नेट जडान गरिदिएका छौँ ।’ अहिले कामको धेरै चाप रहेको उहाँको भनाई छ ।