पुर्वप्रहरी परिवार युवा संगठन निर्माण

दाङ, माघ १५ । दाङ जिल्लामा रहेका पुर्व प्रहरीका सन्तानहरुको भेलाले नेपाल पुर्वप्रहरी परिवार युवा संगठन निर्माण गरेका छन । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङको संरक्षकत्वमा गठन भएको नेपाल पुर्वप्रहरी परिवार युवा संगठनको अध्यक्षमा रमेश थापा चयन हुनु भएको छ ।

Buddha International Hospital

Advertise with us

उपाध्यक्षमा धु्रव केसी, सचिवमा नवीन अभिलाषी, सहसचिवमा विन्दु सुबेदी पाण्डे र कोषाध्यक्षमा ममत विष्ट चयन हुनु भएको छ । जस्का सदस्यहरुमा उर्मिला बस्नेत, उर्मिला पुन, ऋषि पोख्रेल, सुनमाया बस्नेत, पुष्पा पुन र सन्दीप थापा चयन हुनु भएको छ ।

संगठनको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार सदस्यमा रोबरबहादुर बस्नेत, किरण पोख्रेल, अमृत रावत, निर्मला थापा र उषा सुबेदी चयन हुनु भएको छ । पुर्व प्रहरी संगठन जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा भएको भेलामा बोल्ने बक्ताहरुले संगठन आफ्नो हक अधिकार प्राप्तीका लागि मात्रै नभएर सामाजिक कार्य गर्नका लागि पनि आबस्यक रहेको बताएका थिए ।

कार्यक्रममा प्रर्वप्रहरी निरिक्षक किरण पोख्रेल, अमर प्रहरी परिवार संगठनका अध्यक्ष निर्मला थापा, डा. सुरेश बस्नेत, धु्रव केसी, ममता विष्ट लगाएतले बोल्नु भएको थियो । रमेश थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नवीन अभिलाषीले गर्नुभएको थियो ।