अध्यक्षमा पुन र महासचिवमा रोका निर्वाचित

Advertise with us

दाङ, माघ १४ । दाङ निर्माण व्यवसायी संघको आगामी कार्यकालका लागि ईश्वरबहादुर पुन अध्यक्षमा निर्वाचित हुनु भएको छ । त्रिपक्षिय निर्वाचनमा बलबहादुर चपाई र सुरजप्रसाद गुप्तालाई पछि पार्दै पुन अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचित पुनले ६१ मत प्राप्त गर्नुभयो भने गुप्ताले ५७ र चपाईले ८ मत मात्र प्राप्त गर्नुभयो ।

Buddha International Hospital

Advertise with us

यस्तै बरिष्ठ उपाध्यक्ष पदमा पदमराज शर्मा निर्वाचित हुनु भएको छ । गोपालप्रसाद घिमिरेलाई पछि पार्दै ६८ मत प्राप्त गरी शर्मा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो भने घिमिरेले ५५ मत मात्र प्राप्त गर्नुभयो । यस्तै प्रथम उपाध्यक्ष पदमा सुरेश कुमार पोख्रेल निर्वाचित हुनु भएको छ । पोखरेलले ६४ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिद्धन्द्धी विकास भुषालले ५६ र प्रेमबहादुर बाठाले १५ मत प्राप्त गर्नुभयो ।

यस्तै द्धितिय उपाध्यक्ष पदमा मिनबहादुर घर्तिले ७५ मत प्राप्त गरेर विजयी हुनुभयो भने उहाको प्रतिद्धन्द्धी भरतनाथ योगीले ४५ मत प्राप्त गर्नुभयो । यस्तै महासचिव पदमा शोकबहादुर रोकाले ६० मत प्राप्त गरेर विजयी हुनु भएको छ । रोकाको प्रतिद्धन्द्धी विकास पुनले १८ र दुर्गा घर्तिले ४६ मत मात्रै प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेकोमा सुदर्शन श्रेष्ठले ६७ मत प्राप्त गरेर निर्वाचित हुनुभयो भने हरिवंश दाहालले ५४ मत मात्रै ल्याउनु भयो ।

यस्तै सचिव पदमा रमेशकुमार केसीले ६४ मत ल्याएर विजयी हुनु भयो भने उहाका प्रतिद्धन्द्धी द्रोण बहकरीले ४२ र हरिप्रसाद खनालले १४ मतमै चित्त बुझाउनु प¥यो । त्यसैगरी सहकोषाध्यक्ष पदमा निरजकुमार कार्कीले ६८ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाको प्रतिद्धन्द्धी संजीव कुमार श्रेष्ठले ५२ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै सदस्यमा भक्तबहादुर बुढा, प्रकाश केसी, हरिमाया खत्रि, रोहित न्यौपाने, बसन्त कुँवर, लक्ष्मण बुढा मगर, मदनकुमार आचार्य, शंकरराज गौतम विजयी हुनु भएको छ ।