नगरले ४१ औँ स्थापना दिवस मनाउने

घोराही, १४ माघ | घोराही उपमहानगरपालिकाले ४१ औँ स्थापना दिवस मनाउने भएको छ । नगर स्थापना भएको ४१ औँ बर्ष पुगेको अबसरमा उपमहानगरले एक औपचारीक कार्यक्रमको आयोजना गरेको हो ।

Buddha International Hospital

Advertise with us

नगरको सभाकक्षमा विहान ११ बजे देखी सुरुहुने स्थापना दिवस कार्यक्रमको प्रदेश ५ का आन्तरीक मालिलन तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

स्थापना दिवसका अबसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय भएको समेत नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । साथै स्थापना दिवस कार्यक्रममा सहभागि भैदिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

Advertise with us