खानेपानिका लागि गुरु योजना बनाउदै

दिप्तीशिखा चौधरी

दङ्गीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले अवको आर्थिक बर्षमा खानेपानीलाई मुख्य योजनामा पारेर गुरु योजना बनाइने बताएकी छन् । गाउँपालिकाको गाउँ तथा टोलटोलमा स्वच्छ खानेपानिको आवश्यक छ भन्दै स्वस्थ जीवनशैलीका लागि अवका दिनमा गाउँपालिकाले खाने पानीको व्यवस्थापनका लागि बजेट छुट्याउने बताएकी हुन् ।
रानीवन हेकुली खानेपानी तथा सरसफाई उपभोक्ता सस्ंथाको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । साथै उनले आगामी दिनमा गाउँपालिकाको गाउँ र टोलमा स्वच्छ खानेपानी पु¥याउँने गाउँपालीकाको महत्वपूर्ण भूमिका रहने भन्दै जनताको सेवा सुबिधा देखि लिएर विकाश निर्माण गर्नु स्थानीय तहको कर्तव्य रहेको कुरामा जोड दिईन ।

Advertise with us
सभामा संघिय खाने पानी तथा ढल आयोजना प्रदेश न. ५ का ईञ्जीनीयर तिलक न्यौपानेले खाने पानी शुद्धीकरण गर्न उपभोक्ता समितीलाई ध्यान दिन आग्रह गरे । स्थानीय तह नबन्दै गाविस अन्र्तगतका गाउँमा खाने पानीको सुविधा दिनुपर्छ भन्ने मान्नयताले रावतगाउँ खाने पानी संचालन गरेको र लगत्तै हेकुली खाने पानी निर्माणका लागि सर्भे गरेर खानेपानि संचालमा ल्याएको बताए ।
उनले लोवस्तामा पनि पानी ट्यांकी निर्माण हुदै गरेको र बजेटको अभावले निर्माण कार्य रोकिएसंगै टेण्डर निकाल्न नसकिएको जानकारी दिए । यसका लागि बजेटको व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गरे । उनले आफुले बत्तीको अभावमा जेनेरेटरको व्यवस्था गर्ने आश्वासन दिए ।
सो अवसरमा गाउँपालिकाका वडा न.३ का अध्यक्ष पूर्णबहादुर चौधरी, वडा न. ४ का अध्यक्ष नेपबहादुर कवँर, वडा न. ५ का वडा सदस्य खीमबहादुर थापा, ईलाका स्वास्थ्य चौकिका प्रमूख टेकबहादुर खत्री, रावतगाउँ खानेपानिका खड्कवीर चौधरी, एनसीसी बैंक प्रमूख विनय अधिकारी लगायतकाले बोलेका थिए ।
खानेपानीका अध्यक्ष सूर्यप्रकाश राणाको अध्यक्षता एंव गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यता तथा संघिय खाने पानी तथा ढल आयोजना प्रदेश न. ५ का ईञ्जीनीयर तिलक न्यौपानेको बिशिष्ठ आतिथ्यमासभा भएको थियो । सभामा कोषाध्यक्ष माया राणाले २०७४÷७५ को लेखा प्ररिक्षण प्रतिवेदनलाई आधार मानी तयार गरिएको आय ब्यय अन्र्तगत अघिल्लो बर्षको जम्मा बैंक मौज्दातमा ६ लाख १५ हजार ९ सय पाँच सय रुपैया र यस बर्षको जम्मा बैंक मौज्दात दुई लाख ५६ हजार १०३ रुपैया गरी जम्मा ८ लाख ७२ हजार ८ रुपैयाको आय व्यय प्रश्तुत गरेकी थिईन ।
सस्ंथाका उपाध्यक्ष उत्तरकुमार रावतको स्वागत मन्तव्यबाट शुरु भएको सभाको सहजीकरण सस्ंथाका सचिव शुकदेव चौधरीले गरेका थिए । साथै सभाको बन्द शत्रले हरेक घरमा खानेपानी विस्तार गर्ने लक्ष्य अनुसार नयाँ घरलाई १५ हजार, ठूला कम्पनी तथा फ्याक्ट्रीलाई २० हजारका दरले धारा जडान गरिदिने, थप सुविधा सहित खानेपानी योजनाका लागि सम्बन्धित निकायसंग माग गर्ने लगायतका निर्णय गरेको छ ।

Buddha International Hospital
Advertise with us